Author: Scoop Khabar

काठमाडौं । सिंगापुरलाई हराउँदै नेपाल एसीसी मेन्स यू–१६ इस्ट जोन कप क्रिकेटको फाइनलमा पुगेको छ । मलेसियामा जारी खेल अन्तर्गत भएको सेमिफाइनलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो । आजको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ९ विकेटको क्षतिमा १८४ रन बनाउँदै सिंगापुरलाई उक्त लक्ष्य दिएको थियो । नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको सिंगापुर ३१ दशमलब ३ ओभरमा ८७ रन बनाउँदै अलआउट भयो । सिंगापुरका लागि ओपनर रोशन रविचन्द्रनले ३७ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २४ रन बनाए । कबिरले १५ बलमा २ चौकाको सहयोगमा ११ रन बनाए…

थप

काठमाडौं । ‘मिस्टर नेपाल २०२३’ को फिनालेमा गोरखा गण्डकी गाउँपालिका,३ फूजेलका राजीव तिवारी पुगेका छन् । तिवारीसँगै अन्य २० प्रतियोगी फिनालेमा पुगेका हुन् । देशभर आयोजना गरिएको अडिसनबाट तीन सय प्रतियोगी छनौट भएका थिए । जसमध्येबाट गोरखा फुजेलका तिवारी अन्तिम २० सेमिफाइनलिस्टमा पुग्न सफल भएका हुन् । अहिले खल्ती एपबाट भोटिङ समेत खुला गरिएको छ । तिवारीले आफुलाई भोटिङ सहयोग गर्न अपिल गरेका छन् । आफु जन्मेको भुमिको लागि केहि गर्ने योजानाका साथ प्रतियोगितामा सहभागी भएको तिवारीले जानकारी दिए । छनोट भएका प्रतियोगी फिनालेका लागि प्रशिक्षणमा जुट्ने आयोजक नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले जानकारी दिए । प्रशिक्षणमा पौडी, फुटबल,…

थप

काठमाडौं । क्लासी प्रिन्टिङ प्रेस प्रा.लि.ले एकै वर्ष साढे ९ अर्ब रुपैयाँ बढी आम्दानी गरेको छ । सन् २०२२ मा ९ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको हो । सन् २०२१ मा स्थापना भएको कम्पनीले यो अवधीमा २३ प्रतिशतले नाफा कमाएको हो । कम्पनीले म्यागाजिन, ब्रोसर, बुक्स, लिफलेट, क्यालेन्डर, लेटर हेड, प्रोस्पेक्टस आदि सामग्रीको डिजाइनिङ र प्रिन्टिङको काम गर्दै आएको छ । भक्तपुरको राधेराधेमा उद्योग रहेको कम्पनीमा ५१ प्रतिशत हिस्सा उमा कोइराला दाहालको स्वामित्व छ भने ४९ प्रतिशत अन्य ६ जना सेयरहोल्डरका छन् । त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७९ करोड ७६ लाख रुपैयाँको रेटिङ गराएको छ ।…

थप

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका,२ स्थित बल्कोटमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । योसँगै लुम्बिनी प्रदेशमा बैंकको ४ वटा एक्सटेन्सन काउन्टरहरु भएका छन् । छत्रदेव गाउँपालिकाका अध्क्षय चन्द्रमान श्रेष्ठ र बैंकका अर्घाखाँची शाखा प्रमुख लक्ष्मण क्षेत्रीले संयुक्त रुपमा एक्सटेन्सन काउन्टरको उद्घाटन गरेका छन् । उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताए । कार्यक्रममा छत्रदेव गाउँपालिकाका वडा नम्बर २ का वडा अध्यक्ष शंखर पाण्डे, पुर्व वडा अध्यक्ष राजेशकुमार पन्थी, वडा नम्बर ३ का वडा अध्यक्ष तेजप्रसादखनाल लगायत स्थानीय बुद्धिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेका…

थप

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले स्व. गिरिजाप्रसाद कोइरालाजस्तो अदम्य साहस र निर्णय क्षमता भएको नेता बिरलै मात्र भेटिने बताएका छन् । सोमबार गिरिजाप्रसाद कोइरालाको १००औँ जन्मजयन्तीको अवसरमा बीपी कोइराला युवा नेतृत्व विकास मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले यस्तो कुरा बताएका हुन् । स्व. गिरिजाप्रसाद कोइरालाको जस्तो साहस र निर्णय क्षमता सबै नेतामा नहुने दाबी गर्दै पूर्वमहामन्त्री कोइरालाले भने, ‘गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन । उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गरेर छोड्नुहुन्थ्यो ।’ गिरिजाप्रसाद कोइरालाकै कारण दोस्रो जनआन्दोलन सफल भएको उनको दाबी छ । ‘दोस्रो जनआन्दोलन र संघीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको…

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रचण्डले जनताको अवस्था शिक्षा, स्वास्थ्य र रोजगारीमा सुधार गरेर मात्र बदल्न सम्भव हुने बताएका छन् । सोमबार दिवंगत नेता गिरिजाप्रसाद कोइरालाको १ सय जन्मजयन्तीको अवसरमा जिपी कोइराला मेमोरियल कलेजद्वारा राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले विश्वका विकसित देशका राजनेताहरुले पनि आफ्नो देशको प्राथमिकताका बारेमा शिक्षालाई लिने गरेको बताए । उनले भने, ‘हामीले शिक्षालाई जुन प्रकारको महत्व दिनुपर्ने हो त्यो नभएको भन्ने कुरामा म सहमत छु ।’ उनले दिवंगत नेता कोइरालालाई सम्झँदै परिपक्व, राजनीति सुझबुझ र दुर्दृष्टि भएका व्यक्तित्वका धनी नेता भएको बताए । कोइरालाको राजनीतिक सुझबुझ र दुर्दृष्टिकै…

थप

काठमाडौं । गृह मन्त्रालयको नेतृत्व सम्हालेका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले १० असारमा प्रहरीमा ३० वर्षे सेवाअवधि हटाउने गरी कानुनको मस्यौदा र प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकाश दिने प्रस्ताव तयार भइरहेको बताएपछि दुवै प्रहरी संगठनमा एकखालको उत्साह थपिएको छ । गृहमन्त्री श्रेष्ठले उक्त कुरा प्रतिनिधिसभाको बैठकमार्फत जानकारी दिएका हुन् । जतिबेला गृहमन्त्री श्रेष्ठले सर्वोच्च अदालतको आदेशअनुसार प्रहरी ऐन नै संशोधन गरी ३० वर्षे सेवाहद हटाउन लागिएको जानकारी दिएका थिए । यसरी गृहको नेतृत्व सम्हालेका मन्त्रीले नै प्रहरीको विद्यमान समस्यालाई समाधान गर्ने बताएपछि उत्साह थपिनु स्वभाविक पनि हो । यसअघि पनि पटकपटक यो विषयमा चर्चा हुने गथ्र्यो । तर, गृहमन्त्री…

थप

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ रहने बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारविरुद्धको अभियानमा सिंगो देशको साथ सरकारलाई रहेको बताए। त्यस्तै कार्यक्रममा महामन्त्री थापाले विश्व विद्यालयमा राजनीति भागबन्डाबाट अलग राख्नुपर्ने बताए । दलको झोला बोकेर विश्वविद्यालय छिर्न रोक लगाउनुपर्ने थापाको जोड छ । उनले राजनीतिक दलहरूले भागबन्डाकै कारणले विश्वविद्यालयको स्तर खस्केको उल्लेख गर्दै ऐन बनाएर अघि बढ्न प्रधानमन्त्रीलाई निर्णायक भूमिका खेल्न आग्रह गरे ।

थप

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति स्व. गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत रहेको बताएका छन् । सोमबार स्व. कोइरालाको एक सयौँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले स्व. कोइराला आफ्नो जीवनको प्रेरणाको सेत रहेको बताएका हुन् । ‘पहिलो भेटदेखि अन्तिम भेटसम्म गिरिजामा कुनै दुविधा, आशंका देखिनँ। बरु मैले गल्ती गरेँ, उहाँले गल्ती विल्कुल गर्नु भएन, प्रचण्डले भने, ‘उहाँसँग गरेका कतिपय प्रतिबद्धता पुरा गर्न सकिनँ। उहाँको चाहना विपरीत निर्णय गर्दा पनि उहाँले विश्वास गर्न छोड्नुभएन ।’ त्यस्तै प्रचण्डले कोइरालालाई गणतन्त्रको पहिलो राष्ट्रपतिमा प्रस्ताव नगरेकोमा आफूलाई पश्चात्ताप रहेको समेत बताए । ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई…

थप

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले ३ जना प्रहरीलाई कारबाही गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीको हिरासतबाट २ जना थुनुवा भागेपछि आइतबार ३ जना प्रहरीलाई कारबाही गरिएको हो ।   जिल्ला प्रहरी प्रमुख उपरिक्षक (एसपी) सुधीरराज शाहीले गत शुक्रबार बिहान सवा ६ बजे ढोढरीको हिरासतबाट दुईजना थुनुवा भागेको घटनामा प्रहरीको कमजोरी देखिएपछि ३ प्रहरीलाई कारबाहीस्वरूप निलम्बन गरेको बताए । यस्तै ड्युटी अफिसरको रूपमा रहेका प्रहरी सहायक निरीक्षक (असई)लाई पनि निलम्बन गर्न लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सिफारिस गरेको एसपी शाहीले बताए । ‘दुई जवानलाई आजै निलम्बित गरेका छौं,’ एसपी शाहीले भने, ‘ड्युटी अफिसरलाई निलम्बन गर्न प्रदेश प्रहरी कार्यालय समक्ष सिफारिस…

थप