काठमाडौं । शुक्रबार राति गएको विनाशकारी भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारमा नेपाल प्रहरी सक्रिय रुपमा खटिएको छ ।
राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले सयौं मान्छेको निधनसँगै सयौँ मानिसहरु घाइते भएका छन् ।

घाइतेहरुको उद्धार तथा उपचारमा नेपाल प्रहरीको टोली खटिएको हो । सो भूकम्पबाट १५७ जनाको मृत्युसमेत भएको छ । जाजरकोटमा १०५ र रूकुम पश्चिममा ५२ जनाको मृत्यु भएको हो ।
यस्तै नेपाल प्रहरीको तथ्याङ्कअनुसार भूकम्पमा परि दुई सय ५६ जना घाइते भएका छन् । यस्तै विभिन्न जिल्लामा झण्डै ३८ सय वटा घरमा क्षति पुगेको छ ।
भूकम्प प्रभावित क्षेत्रमा उद्धारका लागि नेपाली सेना र सशस्त्र प्रहरी बल पनि परिचालन भएका छन् ।









Facebook Comments Box
![भूकम्पमा परी घाइते भएकाहरुको उद्धार तथा उपचारमा यसरी खटियो नेपाल प्रहरी [फोटोफिचर]](https://scoopkhabar.com/wp-content/uploads/2023/11/nepal-police-jajarkot-1024x532.jpg)