काठमाडौ । प्रोस्थेटिक्स एण्ड अर्थोटिक्स सोसाइटी नेपालको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय प्रोस्थेटिक्स तथा अर्थोटिक्स दिवस विभिन्न कार्यक्रम बीच सम्पन्न भएको छ ।
आइतबार काठमाडौंमा संस्थाको अध्यक्ष शुकुदेव पौडेल सभाध्यक्ष र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय कुष्ठरोग तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा.प्रशन नापितको आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि नापितले हालसम्म पुनर्स्थापनाको क्षेत्रमा नेपाल सरकारले गरेका उपलब्धीहरुको बारेमा प्रष्ट पार्नुका साथै भविष्यमा प्रोस्थेटिक्स तथा अर्थोटिक्स विषय सरकारी स्तरसम्म पुर्याउने बताए । सोही क्रममा प्रोस्थेटिक्स तथा अर्थोटिक्स सम्बन्धि अन्तरक्रिया समेत भएको थियो ।
कार्यक्रममा नेपालमा जनशक्ति व्यवस्थापन र पुनर्स्थापना केन्द्रमा प्रोस्थेटिक्स तथा अर्थोटिक्स क्षेत्रमा देखिएको चुनौती समस्याहरु सम्बन्धी राष्ट्रिय नीति, रणनीति, गाइडलाइन, योजना बनाउने र कार्यक्रमहरु कार्यान्वयन गर्ने बिषयमा छलफल भएको थियो ।
उक्त कार्यक्रममा USAID’s तथा Handicap International , Physical Rehabilitation Activity को आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
