काठमाडौं । काठमाडौंको लाजिम्पाटस्थित एक कल सेन्टरबाट अनलाइन बेटिङ गराएको आरोपमा प्रहरीले भारतीयसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ४२ वर्षीय गौरव देसाई र काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय राजिव शर्मा पान्डे रहेका छन् ।
प्रहरीले उनीहरुको साथबाट २९ थान डेस्कटप कम्प्युटर र एउटा ल्यापटप पनि बरामद गरेको छ । उनीहरुमाथि अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
Facebook Comments Box
