Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । परराष्ट्र मन्त्रालयले रुसी सेनामा कार्यरत ६ जना नेपाली नागरिकको मृत्यु भएको र एकजना युक्रेनी सेनाको बन्दी अवस्थामा रहेको जानकारी दिएको छ । मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै रुसी सेनामा गएका ६ जना नेपालीको हालै मृत्यु भएको जानकारी आएको पुष्टि गरेको हो । मृत्यु हुनेमा गोरखाका सन्दीप थपलिया‚ वाणगंगा-१, कपिलवस्तुका रूपक कार्की‚ पोखराका देवान राई‚ पुतलीबजार-५, स्याङ्जाका पितम कार्की‚ मेलुङ्ग-६, दोलखाका राजकुमार रोका र इलाम-५, इलामका गंगाराज मोक्तान रहेका मन्त्रालयले जनाएको छ । सरकारले रुसी सरकारलाई मृतकको शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारहरूलाई क्षतिपूर्ति उपलब्ध गराउन अनुरोध गरेको पनि मन्त्रालयले उल्लेख गरेको छ । यसअघि रुसस्थित नेपाली दूतावासले…
काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पोर्चुगल पठाईदिन्छु भन्दै ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका-४ घर भई हाल तार्केश्वर नगरपालिका बस्ने ४३ वर्षीया सुष्मा कुमारी खड्का रहेकी छन् । पक्राउ परेकी खड्काले राजु शाहीलाई वर्किङ भिषामा पोर्चुगल पठाइदिने भन्दै ७ लाख ५० हजार ठगी गरेको कार्यालयले जनाएको छ । खड्काले मासिक १ लाख २० हजार भन्दा बढी कमाई हुने भन्दै राजुसँग ११ लाख रुपैयाँ मागेकी थिइन् । खड्काले ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो । पत्र पाएलगत्तै उपत्यका अपराध…
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बन्द भएको टिकटक विस्तारै खोल्न सकिने बताएका छन् । उनले सामाजिक सञ्जाल सञ्चालन सम्बन्धी कानुन बनाएर टिकटक खोल्नेबारेमा सरकार सकारात्मक भएको बताए । सोमबार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले सिंहदरबारमा यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले टिकटक बन्द गर्न सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले धेरै जोड गरेको बताए । दुई महिना रोके पनि धेरै दबाब आएपछि टिकटक बन्दको निर्णयमा पुगेको उनको भनाई छ ।
काठमाडौं । धादिङ प्रहरीले हत्यामा संलग्न रहेका चारजना फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । फरक–फरक २ घटनामा संलग्न रहेका चार जनालाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो । त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङका ४० वर्षीय शिवबहादुर बस्याल कारागारबाट छुटेकै दिन वृद्धाको हत्या अभियोगमा पक्राउ परेका छन् । उनी चोरीको मुद्दामा २० महिना कैद सजाय भोगी कारागार कार्यालय धादिङबाट छुटेका हुन् । त्रिपुरासुन्दरी गाउँपालिका– ६ गोलाङकी ६२ वर्षीय वृद्धा मनकुमारी सर्किनीको हत्या गरेको अभियोगमा १५ मंसिरमा ४० वर्षीय बस्याललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । ‘मृतकको अनुहार कोतरिएको, घाँटीमा निलडाम देखिएको, घटनास्थलमा चुराका टुक्रा…
दैलेख । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार चीनसँग सहयोग लिन डराउने गरेको टिप्पणी गरेका छन् । सोमबार झुलाघाट–चिवाभञ्ज्याङ यात्राका क्रममा ओलीले दैलेखमा आठ राजनीतिक दलहरूले बुझाएको ध्यानाकर्षपत्र बुझ्दै भने, ‘अहिलेको सरकारले चीनको सहयोग लिन सक्दैन, किनभने डराउँछ । चीनसँग डराएको होइन, अरु कोकोसँग कहाँकहाँ डराउँछ ।’ उनले चीन सरकारले कुनैपनि कुरामा नेपाललाई सहयोग गर्ने भनिरहँदा पनि अर्को शक्तिका कारण वर्तमान सरकार सहयोग लिनबाट डराउने गरेको बताए । उनले राजनीतिक दलले अब राजनीतिक कुरा गरेर मात्र नहुने र विकासका लागि राजनीति गर्नुपर्ने बताए । उनले नेताहरु राजनीतिका मात्रै नभइ विकासका नेता हुनुपर्ने बताए । अध्यक्ष ओलीले…
काठमाडौं । नेपाल प्रहरीका धेरै प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) उपत्यका अपराध अनुसन्धान कार्यालय (केरकार) र जिल्ला प्रहरी परिसर, काठमाडौंमा आए, आफ्नो कार्यकाल पुरा गरेर गए । कतिको जोडी जम्यो भने कत्तिको बोलचाल समेत भएन । तर, काठमाडौं प्रहरी प्रमुखको नेतृत्वमा रहेका एसएसपी भुपेन्द्र खत्री र उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरिरहेका एसएसपी सोमन्द्र सिंह राठौरको जोडी भने जमेको नै छ । उनीहरु कुनै पनि काम गर्दा एकआपसमा सल्लाह गरेर गर्ने गरेको बताइन्छ । ४ भदौमा प्रहरी प्रधान कार्यालयले उनीहरुलाई केरकार र परिसरको जिम्मा दिएपछि अपराध कर्म गर्ने र अवैध धन्धाधारीको निद हराम हुन थालेको छ भने सुरक्षा चाहने जनता खुसी…
घटना १गत शनिबार मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रहरी कार्यालयले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेहरुलाई पक्राउ गर्यो । पक्राउ पर्नेमा गिरोहका ५ सदस्य रहेका छन् । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–३ घर भएका छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भएका गोपाल थापा र सिन्धुलीको सुनकोसी–६ घर भएका सेते सार्की, सल्यानको कपुरकोट–५ घर भएका शिवराज परियार र नुवाकोटको बिदुर–६ घर भएका अमृत रोक्का रहेका छन् । काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । घटना २यस्तै शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले नै सामाजिक सञ्जालबाट ‘कल…
काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् । संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यो पटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुँदैछ । सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन् । सम्मेलनका अवसरमा उपप्रधानमन्त्री खड्कासँग संयुक्त राष्ट्र सङ्घका उपमहासचिव अतुल खारे, जिन पियरर ल्याक्क्रोइक्सले शिष्टाचार भेट गर्नेछन् भने अन्य राष्ट्रका रक्षा तथा सुरक्षा मन्त्रीहरुसँग भेटघाट तथा द्विपक्षीय सहयोगका विषयमा छलफल हुने कार्यक्रम छ । सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान…
काठमाडौं । अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका नाइकेहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ जनालाई पक्राउ गरेको हो । काठमाडौं उपत्यकाको दरबारमार्ग, नयाँ बसपार्क, तिङ्लेङटार, बानेश्वरसहितका स्थानबाट सामाजिक सञ्जालको प्रयोग गरी यौन व्यवसाय सञ्चालन गरेको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामेछापको दोरम्बा–३ घर भई हाल ललितपुर बस्ने २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाको लिखु–७ घर भई हाल कागेश्वरी मनहारा बस्ने ३३ वर्षीय गोपाल थापा र सिन्धुलीको सुनकोसी–६ घर भई हाल कालोपुल बस्ने ४४ वर्षीय सेते सार्की रहेका छन् । यस्तै सल्यानको कपुरकोट–५ घर भई हाल बालाजु बस्ने २५ वर्षीय शिवराज परियार र…
काठमाडौं । नेपाली सेनाका वरिष्ठ उपरथी अशोक राज सिग्देल रिक्त रथी पदमा बढुवा भएका छन् । ८ मंसिरमा प्रधानसेनापति प्रभुराम शर्माले (तीन तारे जर्नेल) रथीमा बढुवा सिफारिस गरेपछि सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएको छ । सेनाको विश्वस्त स्रोतकाअनुसार सिग्देलविरुद्ध कुनै कैफियत नरहेको र विरोधमा उजुरबाजुर पनि नपरेकाले रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकार समक्ष बढुवा सिफारिस गरेको हो । सिग्देल २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८१ भदौ २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाको ४५औं प्रधानसेनापतिको कार्यभार सम्हाल्ने निश्चित जस्तै भएको छ ।