काठमाडौं । नेपाली सेनाका वरिष्ठ उपरथी अशोक राज सिग्देल रिक्त रथी पदमा बढुवा भएका छन् ।
८ मंसिरमा प्रधानसेनापति प्रभुराम शर्माले (तीन तारे जर्नेल) रथीमा बढुवा सिफारिस गरेपछि सिग्देल सामान्य अवस्थामा नियमित प्रक्रियाद्वारा नेपाली सेनाको ४५औं प्रधानसेनापति बन्ने निश्चित जस्तै भएको छ ।
सेनाको विश्वस्त स्रोतकाअनुसार सिग्देलविरुद्ध कुनै कैफियत नरहेको र विरोधमा उजुरबाजुर पनि नपरेकाले रिक्त रथी पदका लागि रक्षा मन्त्रालयमार्फत नेपाली सेनाले नेपाल सरकार समक्ष बढुवा सिफारिस गरेको हो ।
सिग्देल २०८१ साउन २४ गते कायममुकायम प्रधानसेनापति बन्दै २०८१ भदौ २४ गतेबाट औपचारिक रूपमा नेपाली सेनाको ४५औं प्रधानसेनापतिको कार्यभार सम्हाल्ने निश्चित जस्तै भएको छ ।
Facebook Comments Box
