Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । १० चैत २०७९ मा सरकारले नेपाल प्रहरीको सर्वोच्च पद महानिरीक्षक (आईजीपी) मा संगठनमा इमान्दार, हक्की र व्यवसायीक अधिकृतको छवी बनाएका बसन्त बहादुर कुँवरलाई नियुक्त गर्यो । उनको नियुक्तिसँगै संगठन सुधारको लयमा जाने धेरैको अपेक्षा थियो । किनकि उनी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हुँदासम्म संगठनले दिएको जिम्मेवारी राम्रोसँग निभाउने अधिकृतको रुपमा चिनिन्थे । जसकारण संगठनमा जुनियर प्रहरी कर्मचारीदेखि सिनियर प्रहरी कर्मचारीसम्मको नजरमा उनी एक सफल प्रहरी अधिकृत थिए । प्रहरी संगठनको नेतृत्वमा आएसँगै उनको ८ महिने कार्यकालमा थुप्रै कामहरु भएको प्रहरी प्रधान कार्यालयको दाबी छ । यसअघि भद्रगोल रहेको सरुवा बढुवामा एउटा मापदण्ड लागू गरेका छन् । जुन इतिहासमै…
झापा । प्रहरीले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा ढुङ्गा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी पक्राउ परेका हुन् । चौधरीलाई अर्जुनधारा नगरपालिका-८ स्थित घरबाटै मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरी कालो झन्डा देखाउने र गाडीमा तोडफोड गरेको घटनामा संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको दाबी छ । घटनामा संलग्न अन्यको पनि खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय, झापाले जनाएको छ । सोमबार दिउँसो लागू औषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध…
काठमाडौं । रुपन्देहीको सैनामैना नगरपालिका–६ मा अस्थायी प्रहरी पोष्ट रामापुर कलौनी स्थापना गरिएको छ । प्रहरी पोष्टको सोमबार एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) उमेश राज जोशीले उद्घाटन गरेका हुन् । स्थानीय जनताको माग र आवश्यकता बमोजिम करिब २ वर्षदेखि यस स्थानमा सुरक्षा युनिटको आवश्यकता महसुस गरी अस्थायी प्रहरी पोष्ट रामापुर कलौनी निर्माण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर विकले बताए । नेपाल प्रहरीको नियमित बजेट ५ लाख ५० हजार, लुम्बिनी प्रदेश सरकारको ५ लाख तथा स्थानीय जनसमुदायको सहयोगबाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्यविभाग प्रशासन शाखा २०८० असार…
काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन् । नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजनासहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा बुझाएका हुन् । थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका छन् । थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए । २१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिना अगावै पदबाट राजिनामा दिएका हुन् । थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का निवर्तमान अध्यक्ष हुन् । थानीले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा सक्रिय हुने योजना अनुसार राजिनामा…
काठमाडौं । प्रहरीले ठगी आरोपमा २ जनालाई पक्राउ गरेको छ । थुनामा रहेका एक व्यक्तिको मुद्दा मिलाइदिन्छु भन्दै करिब एक करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो । भोजपुर घर भई हाल काठमाडौँ बस्ने २६ वर्षीया रितु राई र बर्दिया घर भई हाल काठमाडौँ बस्ने २१ वर्षीय निरेश चौधरीलाई ठगी आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । उनीहरूले सुर्खेतको वीरेन्द्रनगर घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिन्छु भन्दै उनका बुवा अमर बहादुर खड्काबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ ठगी गरेको सीआईबीले जनाएको छ । रेवन्त खड्का आपराधिक विश्वासघात र संगठित अपराधको मुद्दामा सीआईबीबाटै…
काठमाडौं । प्रहरीले अवैध हिरासहित काठमाडौंबाट १ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल घर भइ काठमाडौंको सुन्धारा बस्ने ४४ वर्षीय सञ्जय मैती छन् । सञ्जयको साथबाट प्रहरीले ३ लाख २७ हजार रुपैयाँ बढी मूल्यको अवैध हिरा फेला परेको हो । प्रहरीले उनलाई सोमबार राति काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ गरेको हो । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना १ ज ५४७७ नम्बरको सुमोलाई फर्पिङ चेकपोस्टमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथमा अवैध हिरा फेला परेको थियो । हिराको बिल नभएको तथा अवैध तरिकाले भारतबाट आयात गरिएको जस्तो देखिएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन–चाँदी व्यवसायीबाट परीक्षण गर्दा…
बारा । बाराको कलैया उपमहानगरपालिका–१६ मझौलियाकी २० वर्षीया मिन्कुदेवी रामले तीन सन्तानलाई जन्म दिएकी छन् । वीरगन्जको विर्तास्थित श्रीराम अस्पतालमा उनले शल्यक्रियामार्फत गत आइतबार दुई छोरा र एक छोरीलाई जन्म दिएकी हुन् । अस्पतालमा कार्यरत स्त्री तथा प्रसूति रोग विशेषज्ञ दिप्ती यादवले तिम्ल्याहा नवजात शिशु तथा आमाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिइन् । उनले भनिन्, ‘शल्यक्रियामार्फत तिम्ल्याहा शिशु जन्मिएका हुन् । शिशुसहित आमाको स्वास्थ्यस्थित सामान्य रहेको छ ।’ मिन्कुदेवीका पति सङ्खुरामले स्थानीय स्वास्थ्यचौकीले सिफारिस गरेपछि सुत्केरी हुनका लागि मिन्कुलाई वीरगन्ज लगिएको बताए । रासस
काठमाडौं । इन्टरपोलद्वारा आयोजित प्रतियोगितामा सर्वोत्कृष्ट सूचनामूलक छोटो भिडियो निर्माण गर्ने प्रहरी निरीक्षक (इन्स्पेक्टर) द्वय नारायण थापा र उमेश गुरुङ श्रेष्ठ सम्मानित भएका छन् । नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चले सोमबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनीहरूलाई सम्मान गरिएको हो । साथै मञ्चले सगरमाथामा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई पनि सम्मान गरेको छ । कार्यक्रममा मञ्चका अध्यक्ष पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहराले प्रहरी निरीक्षकद्वयको सम्मान प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गरे भने प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई समेत सम्मान गरे । कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक…
काठमाडौं । मानव बेचबिखन अनुसन्धान ब्यूरोले म्यानमारमा बन्धक बनाएर अनलाइन स्क्यामिङमा लगाउने एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा धार्चे गाउँपालिका-४ की २७ वर्षीया कविता गुरूङ रहेकी छन् । थाइल्यान्डमा अंग्रेजी टाइपिङको काम हुने र मासिक एक लाख बढी कमाइ हुने, खाने बस्ने व्यवस्था हुने भन्दै दुई जनालाई झुक्याएर म्यानमारसम्म पुर्याएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । दुई जना पीडितलाई बिजनेस भिसामा म्यानमारको म्यावडीस्थित चिनियाँहरूले सञ्चालन गर्ने कम्पनीमा पुर्याएको पाइएको हो । त्यसबापत गुरूङले दुई लाख ६० हजार रुपैयाँ समेत लिएको अनुसन्धानबाट खुलेको छ । कम्पनीमा कामदारहरूले अमेरिकी नागरिकहरूलाई ठगेर पैसा असुली गर्ने काम दिने गरेको प्रहरीले जनाएको छ…
काठमाडौं । नेपाली सेनामा अधिकृत पदहरुका लागि भर्ना खुलेको छ । प्राड/प्राविधिक/विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान भएको हो । प्राड उपसेनानी, एमबीबीएस डाक्टर, सैनिक परिचारिका, डेन्टल टेक्निसियन, क्लिनिकल साइकोलोजिस्ट लगायत पदमा ८८ जनाका लागि भर्ना खुलेको छ । यसैगरी मेकानिकल इन्जिनियर, अटोमोवाइल इन्जिनियर, इलेक्ट्रोनिक्स इन्जिनियर, सिभिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पदमा पनि भर्ना खुलेको छ । समाचार सम्पादक/बाचक, फोटोग्राफर, अर्केष्ट्रा, लाइब्रेरियन र लेखा उपसेनानी पदमा समेत दरखास्त खुलेको छ । दरखास्त पेस गर्ने मिति आज मंसिर २२ गतेदेखि पुस २१ गतेसम्म छ । दोब्बर दस्तुर बुझाएर पुस २२ गतेदेखि २८ गतेसम्म पनि…