काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजिनामा दिएका छन् ।
नेपाली कांग्रेसको सक्रिय राजनीतिमा जाने योजनासहित थानीले कार्यकाल बाँकी रहँदै पदबाट राजिनामा बुझाएका हुन् ।
थानीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजिनामा बुझाएका छन् ।
थानी खुल्ला प्रतिस्पर्धाबाट २०७८ फागुनमा तीन वर्षे कार्यकालका लागि निगमको कार्यकारी निर्देशक पदमा नियुक्त भएका थिए ।
२१ महिना कार्य सम्पादन गरेका थानीले १५ महिना अगावै पदबाट राजिनामा दिएका हुन् ।
थानी नेपाली कांग्रेस निकट इन्जिनियरहरुको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का निवर्तमान अध्यक्ष हुन् ।
थानीले नेपाली कांग्रेसको सक्रिय राजनीतिमा सक्रिय हुने योजना अनुसार राजिनामा दिएको बताइएको छ ।
थानी नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा निकट हुन् ।
