Author: Scoop Khabar

काठमाडौं । गत ५ मंसिरमा गृह मन्त्रालयले नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी)लाई प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा गर्ने निर्णय गरेको थियो । हाल प्रहरी संगठनमा बढुवा र पद रिक्तसँगै ७ जना एसपीको पद रिक्त छ । तर, गृह मन्त्रालयको बढुवा समितिले सिफारिस सूची प्रकाशन गर्न सकेको छैन । एसएसपी बढुवाको निर्णय भएपछि एसएसपी मोहन प्रसाद पोखरेलले उमेरहदका कारण अवकाश पाए भने अर्का एसएसपी मधुसुदन लुँइटेलले अवकाशको १५ दिनअघि नै राजीनामा दिए । त्यसरी रिक्त दरबन्दीको संख्या ७ पुगे पनि प्राविधिकतर्फको समेत २ वटा दरबन्दी समायोजन गरेर ९ जना बढुवा गर्ने तयारी प्रहरी प्रधान कार्यालयको छ । प्राविधिक र…

थप

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) नविन पौडेललाई मंसिर महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेको छ । उपत्यकाका तीनवटा जिल्लामा हुने अपराधका घटनाहरुको अनुसन्धानमा सफल भूमिका निर्वाह गरेको भन्दै महाशाखाले इन्स्पेक्टर पौडेललाई गत मंसिर महिनामा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै सर्वोत्कृष्ट प्रहरीको उपाधि प्रदान गरेको हो । इन्स्पेक्टर पौडेल महाशाखामा पिलर ४ मा कार्यरत छन् । उक्त पिल्लरले संगठित अपराध, गुण्डागर्दी नियन्त्रण, लागूऔषध नियन्त्रण र अपहरण तथा शरीर बन्धक अपराधहरुको अनुसन्धान गर्ने गरेको छ । एक महिनादेखि पिल्लरका निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका इन्स्पेक्टर पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले पेस्तोल, अवैध सुन र ललितपुरको झम्सीखेलबाट लागूऔषध बरामद गरेको थियो…

थप

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली सवारी दर्ता प्रमाणपत्र भएका ५ वटा गाडीसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको तिमालका ४२ वर्षीय दिलबहादुर घिसिङ र सिन्धुपाल्चोकको चौताराका ३३ वर्षीय आयतसिंह तामाङ छन् । अनुसन्धान कार्यालयले अनुसन्धानको क्रममा राजधानीका विभिन्न स्थानबाट नियन्त्रणमा लिएका गाडीहरु यातायात व्यवस्था विभागमा भने दर्ता नभएको भेटिएका हुन् । ती गाडीहरुमा बागमतीकै नक्कली नम्बर प्लेट राखेर चलाइरहेको अवस्थामा फेला पारेको हो । स्रोतका अनुसार ती गाडीहरु भारतबाट नेपाल प्रवेश गराई बिलबुक समेत नक्कली बनाएर प्रयोग गरिरहेको अवस्थामा भेटिएको हो । उनीहरुले नक्कली बिलबूकलगायतका कागजात बनाइ गाडी नेपाल भित्र्याउने र काठमाडौंमा बिक्री…

थप

काठमाडौं । कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको हेलम्बु गाँउपालिका-२ घर भई हाल काठमाडौं महानगरपालिका-६ बौद्द बस्ने दावा दोर्जे लामा रहेका छन् । दोर्जेले जबरजस्ती करणीको मुद्धामा कारागारमा रहेको थुनुवालाई छुटाई दिने भन्दै ५ लाख ठगी गरेर फरार भएका थिए । दोर्जेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले बौद्बबाट पक्राउ गरेको हो । पक्राउ परेका दोर्जेलाई थप कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको छ ।

थप

काठमाडौं । ग्लोबल आइएमई बैंकको अध्यक्षका रुपमा चन्द्रप्रसाद ढकालले आइतबार सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग पद तथा गोपनीयताको सपथ लिएका हुन् । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत रहेका ढकाल बैंकको हालै सम्पन्न १७औँ वार्षिक साधारणसभाबाट सञ्चालक समिति सदस्य र नव निर्वाचित सञ्चालक समितिको पहिलो वैठकबाट अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका थिए । सपथ ग्रहण समारोहमा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा प्रदान गर्ने सानो कम्पनीको रुपमा स्थापना गरेको आइएमई नै नेपाल सरकार र नेपाल राष्ट्र बैंकको नीतिरनिर्देशन अनुसार काम गर्दै जाँदा आजको ग्लोबल आइएमई बैंकको अवस्थासम्म आइपुगेको बताए । उनले ग्लोबल आइएमई बैंक मुलुकको सबैभन्दा ठूलो बैंक…

थप

बाँके । बाँकेको नेपालगन्ज उपमहानगरपालिका–१० चारबाहिनीचोकबाट विभिन्न सुनका गहनासहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। स्थानीय चार बाहिनीबाट जमुनाहतर्फ जाँदै गरेको युपी ४० एयु ४१९९ नं को मोटरसाइकलमा रहेका भारत बाबागञ्ज बस्ने ४० वर्षीय बब्लु भन्ने सञ्जयकुमार सोनीलाई सुनजस्तो देखिने विभिन्न गरगहनासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए । उनका अनुसार सोनीको साथबाट रु छ लाख ७८ हजार एक सय ८५ बराबरको मिनी हार दुई थान, मसिनो सिक्री एक थान, नथिया ठूलो सानो १० थान, लकेट एक थान, कानमा लगाउने झाला चार थान र औँठी एक थानसमेत बरामद भएको छ । त्यस्तै…

थप

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) बाट प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस सूची प्रकाशित गरेको छ। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयको बुधबारको निर्णयअनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो ।

थप

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा दैलेख भैरवी गाउँपालिका-५ कागेतगडामा बसोबास गर्दै आइरहेका राउटे समुदायमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राउटे समुदायका १७ महिला र ३९ जना पुरुष गरी ५६ जनाको स्वास्थ्य चेकजाँच र औषधी वितरण गर्नुका साथै १५६ जनालाई जाडोबाट बच्नको लागि न्यानो कपडा (कम्बल), १५ कार्टुन बिस्कुट र ३ कार्टुन फलफुल समेत वितरण गरिएको थियो । राउटे समुदायहरुलाई संघकी अध्यक्ष कुँवरलगायत संघका अन्य पदाधिकारीहरुबाट निःशुल्क स्वास्थ्य शिविर, कम्बल बिस्कुट र फलफुल वितरण गरिएको हो । कार्यक्रममा सेवा भावले अग्र पंक्तिमा अग्रसर भइरहने नेपाल प्रहरी श्रीमती संघको उद्देश्य मानवीय सेवा…

थप

कास्की । पोखरा महानगरभित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा तस्करी गरेका ५६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ओसार–पसार गर्ने, भ्याट बिल र अन्य कागजपत्र नभएका, फर्जी बिल बनाएका विभिन्न ५६ वटा सवारी साधन (ट्रक, टिपर, ट्याक्टर) नियन्त्रणमा लिएको हो । पोखराको कोत्रे, बैदाम र बगर गरी फरक फरक तीन ठाउँबाट समाती नियन्त्रणमा लिइएका उक्त सवारी साधनलाई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय न्युरोडमा पठाइएको थियो । पोखरा महानगरका अनुसार कानुनबमोजिम चलेका सवारी साधनलाई छाडेको र बाँकीलाई कारबाही…

थप

बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चलेको छ ।नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्‍यु समेत भएको छ । प्रहरीको गोली लागेर घाइते भएका बारा सिम्रौनगढ नगरपालिका-१ नमसंग्राढाट बस्ने वर्ष २५ को लक्ष्मी मुखियाको नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले विपक्षीले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो । विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो । झडप नियन्त्रणका…

थप