कास्की । पोखरा महानगरभित्र रहेका खोलानालाबाट ढुंगा, गिटी र बालुवा तस्करी गरेका ५६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतबाट खटिएको प्रहरी टोलीले मंगलबार अवैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा, गिट्टी, बालुवा, ओसार–पसार गर्ने, भ्याट बिल र अन्य कागजपत्र नभएका, फर्जी बिल बनाएका विभिन्न ५६ वटा सवारी साधन (ट्रक, टिपर, ट्याक्टर) नियन्त्रणमा लिएको हो ।
पोखराको कोत्रे, बैदाम र बगर गरी फरक फरक तीन ठाउँबाट समाती नियन्त्रणमा लिइएका उक्त सवारी साधनलाई आवश्यक कारवाहीका लागि पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको कार्यालय न्युरोडमा पठाइएको थियो ।
पोखरा महानगरका अनुसार कानुनबमोजिम चलेका सवारी साधनलाई छाडेको र बाँकीलाई कारबाही प्रक्रियामा राखिएको छ ।
