बारा । बाराको सिम्रौनगढ नगरपालिकामा गोली चलेको छ ।नगरपालिका कार्यालयमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागि एकजनाको मृत्यु समेत भएको छ ।
प्रहरीको गोली लागेर घाइते भएका बारा सिम्रौनगढ नगरपालिका-१ नमसंग्राढाट बस्ने वर्ष २५ को लक्ष्मी मुखियाको नारायणी अस्पताल बिरगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले विपक्षीले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो ।
विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरी परिचालन गरिएको थियो । त्यस क्रममा झडप भएपछि प्रहरीले गोली चलाएको हो ।
झडप नियन्त्रणका लागि गएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी समेत घाइते भएका छन् ।
