Author: Scoop Khabar

धादिङ घर भएका केशव अधिकारी । आजभन्दा झन्डै २ दशक पहिले जापान छिरेका हुन् । उनी नेपालमा टुरिष्ट गाइड र ट्राभल एजेन्सीका सञ्चालक थिए । सानै उमेरदेखि विदेशीहरुको संगतमा थिए उनी । जतिबेला नेपालमा पर्यटकहरुको बाक्लो भीड हुने गर्थ्यो । उनी बताउँछन्, ‘१८-१९ बर्षको उमेरमा जापानिज भाषा बुझ्ने भइसकेका थिएँ । सानैदेखि साहसी र मेहनती उनलाई माओवादी द्वन्द्वले जापानको यात्रा तय गराएको थियो ।’ जतिबेला धेरै व्यवसायीहरु देश छोडेर हिँड्ने परिस्थिति बनेको थियो । देशमा चन्दाआतंक र द्वन्द्वले ग्रस्तबेला उनी जापान हानिए । झन्डै १ दशक देश नफर्की जापानमा दुःख गरे । कहिल्यै बेन्तो, कहिले बेड मेकिङ, कहिले गेम्बा त…

थप

सात वर्षअघि वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि प्रहरी संगठनमा राजनीति घुसाएर मनपर्दी गरेको आक्षेप लागेको थियो । जतिबेला प्रचण्डले सिनियरलाई पाखा लगाएर जुनियर प्रहरीलाई प्रहरी प्रमुख बनाएका थिए । अहिले तेस्रोपटक प्रधानमन्त्री भएका प्रचण्ड नेतृत्वको सरकारले प्रहरी संगठनभित्र लागेको पुरानो दाग मेट्नुको साटो झन्झन् गल्तीको चाङ थप्दै गएको छ । भजनमण्डली च्याप्ने र व्यावसायिक मर्यादा राख्ने प्रहरी खेद्ने परम्परालाई सरकारले निरन्तरता दिएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले तल्लो तहसम्मका प्रहरीको हकअधिकारको लागि आफू लडिरहेको बताएपछि सबैलाई लागेको थियो– अब पुलिसभित्र विधिको परिपालना हुने भयो । उनीप्रति धेरै प्रहरीको आशा थियो । बेथितिको चक्रव्यूहमा फसेको पुलिसमा आशा बौरिने भयो…

थप

काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् । सोमबार प्रधानन्यायाधीश नियुक्त भएका श्रेष्ठले आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पद तथा गोपनीयताको शपथ लिन लागेका हुन् । शीतल निवासमा आज दिउँसो १ः४५ बजे श्रेष्ठले शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति पौडेलको निजी सचिवालयले जानकारी दिएको छ । संवैधानिक परिषद्को सिफारिसमा सोमबार राष्ट्रपतिले श्रेष्ठलाई संविधानको धारा १२९ को उपधारा (२) बमोजिम प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए ।

थप

सोमबार प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले नेपाल प्रहरीका पाँचजना बरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गर्यो । यो सरुवामा प्रधानमन्त्री, गृहमन्त्री र सत्तासाझेदार दलका प्रमुख नेताको दबाबमा भएकोमा दुईमत छैन । आफूलाई भ्रष्टाचारको हिरो मान्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठले राम्रो काम गर्दागर्दै काठमाडौं प्रहरी प्रमुख र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको सरुवामा अडान लिन नसकेपछि चोतर्फी आलोचनाको पात्र बनेका छन् । जसले उनको कार्यक्षमतामाथि नै प्रश्न उब्जाइदिएको छ । एसएसपी सरुवाको सूची राजनीतिक नेतृत्वको गोजीबाट प्रहरी प्रधान कार्यालयको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक गरेको हो । नक्कली शरणार्थी प्रकरणको ‘पटाक्षेप’ गरेका अपराध अनुसन्धान कर्यालयका प्रमुख मनोज केसी र काठमाडौं प्रहरी प्रमुख…

थप

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले युद्ध विधामा बनेको ‘गोर्खा वारियर’ हेरेपछि फिल्मबारे प्रतिक्रिया दिँदै शतप्रतिशत नम्बर दिएका छन् ।  गत शुक्रबार शुक्रबार बेलुकी काठमाडौँमा ‘गोर्खा वारियर’ हेर्न आफ्नी श्रीमती तथा सैनिक श्रीमती संघकी अध्यक्ष सुनीता शर्मासँग पुगेका उनले ‘गोर्खा वारियर’को मूल्याङ्कन गर्दा पाँचमा पाँच नै नम्बर दिने बताए । ‘मलाई निर्देशक मिलन चाम्सले बताउनुभएको जस्तै फिल्म पर्दामा पाएँ । उहाँले पर्दामा जङ्गल युद्धलाई देखाउन गर्नुभएको मेहनतलाई म महसुश गर्न सक्छु । किनकि यसमा वास्तविक रुपमा सैनिक गर्ने गतिविधीलाई देखाईएको छ ।‘ प्रधानसेनापति शर्माले भने, ‘मेरो लागि यो उत्कृष्ट फिल्म हो । यसले सैनिकलाई युद्धमा मात्र सीमित गरेको छैन…

थप

जनकपुरधाम । धनुषाको इलाका प्रहरी कार्यालय सबैलामा आफ्नो १ बर्षको कार्यकाल सम्पन्न गरी प्रहरी निरीक्षक (इन्स्पेक्टर) रामकृष्ण देवकोटा विदा भएका छन् । करिब ११ महिना इलाका प्रहरी कार्यालय सबैलामा रहँदा देवकोटाले दर्जनौं फरार अभियुक्तलाई पक्राउ गर्न सफल भए भने सीमा क्षेत्रमा लागूऔषध नियन्त्रणमा कडा भूमिका निर्वाह गरे । सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणको लागि थप प्रहरी खटाएर अवैद्य तस्करी नियन्त्रण गरेका इन्स्पेक्टर देवकोटाले आफ्नो कार्यकाललाई विवादरहित बनाए । कुनै प्रकारको विवादमा मुछिएनन् । उनले आफ्नो कमान्डमा २० लाख बराबर स्रोत नखुलेको नगदसहित मानिस पक्राउ गरि सम्पत्ति शुद्धिकरण विभाग पठाए । घरेलु मदिरा उत्पादन र बिक्री वितरण नियन्त्रण गरि नष्ट गरे…

थप

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले न्युकासल युनाइटेडमाथि जित निकालेको छ । लगातार दोस्रो खेलमा विजयी हुने क्रममा सिटीले १-० गोलको जित निकालेको हो । सिटीको जितमा अल्भारेजले खेलको ३१ मिनेटमा गोल गरे । यता म्यानचेस्टर युनाइटेडमाथि टोटेनहमले २-० गोलको जित निकालेको छ। टोटेनहमको जितमा सारले ४९ मिनेटमा पहिलो गोल गर्दा युनाइटेडका लि मार्टिनेजले ८३ मिनेटमा आत्मघाती गोल गरेका थिए । ब्राइटनले लगतार दोस्रो जित निकाल्ने क्रममा वुल्भ्समाथि ४-१ गोलको जित हात पारेको छ। लिभरपुलले पनि वर्नमाउथलाई ३-१ गोलले पराजित गरेको छ ।

थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीबीच भेटवार्ता भएको छ । शनिबार राप्रपा वरिष्ठ नेता नवराज सुवेदीको निवासमा अध्यक्ष लिङ्देन, कांग्रेस नेताद्वय केसी र लोकेश ढकाल बीच अनौपचारिक राजनीतिक भेटघाट भएको हो । भेटघाटमा राष्ट्रिय राजनीतिका विविध पाटोमा रोचक कुराकानी भएको कांग्रेस नेता लोकेश ढकालले आफ्नो ट्विटरमार्फत जानकारी दिएका छन् । ढकाल कांग्रेसभित्र गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे पुनर्विचार गर्नुपर्ने लाइनमा निरन्तर उभिने नेताको रुपमा चिनिन्छन् ।

थप

काठमाडौं । सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीसहित १२ जनामाथि अनुसन्धान थालिएको छ । हत्या प्रकरणमा प्रहरी र कैदी अनुसन्धानमा तानिएका हुन् । सिसीटिभी फुटेज अध्ययनबाट घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नताले देखिएको थियो । त्यसैले कैदी मृत्यु प्रकरणमा प्रहरीसहित १२ जना अनुसन्धानको दायरमा तानिएका हुन् । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारका अनुसार घटनामा संलग्न देखिएका प्रहरी र कैदीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ । कैदी मृत्यु प्रकरण प्रत्यक्ष संलग्न देखिएका पाँच प्रहरीलाई विभागीय कारबाहीका लागि सिफारिस गरिएको उनले जानकारी दिए । प्रहरीले साउन २८ गते आइतबार कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक…

थप

काठमाडौं । विद्युत् महसुल नतिर्ने, अनुमतिभन्दा बढी चुनढुंगा उत्खनन् गरेर राजस्व छली गर्नेलगायतका काण्ड गर्दै आएको सोनापुर सिमेन्टको उत्पादक सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयरलाई उद्योग प्रभावित क्षेत्रका बासिन्दाले वहिष्कार गरेका छन् । विभिन्न ९ वटा बैंकको ऋण तिर्नका लागि उद्योगले गत सोमबारदेखि महँगो प्रिमियम मूल्यमा सेयर बिक्री खुल्ला गरेको थियो । तर, एक साताको अवधिमा उद्योग प्रभावित क्षेत्रका ५१ जनाले मात्रै कम्पनीको सेयर खरिदका लागि आवेदन दिएका छन् । दाङ र रोल्पाका उद्योग प्रभावित क्षेत्रका बासिन्दाका लागि सय रुपैयाँमा १ सय २५ रुपैयाँ प्रिमियम मूल्य थपेर कुल २ सय २५ रुपैयाँ मूल्यमा १५ लाख ३७ हजार ५ सय २९…

थप