काठमाडौं । ठगी आरोपमा एक युवती पक्राउ परेकी छन् । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयकाअनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्।
त्यसपछि रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन् ।
ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
