काठमाडौं । बाँकेको प्रहरी चौकी खडैचाका एक प्रहरी सहायक निरीक्षक (असई) ८ हजार घुससहित पक्राउ परेका छन् ।
असई गजेन्द्र सिंह भण्डारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयको नेपालगन्ज सम्पर्क कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित पक्राउ परेको मोटरसाइकल छुटाइदिने भनी घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा उनलाई सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको हो ।
उनीविरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिएका छन् ।
Facebook Comments Box
