Author: Scoop Khabar

काठमाडौं । काठमाडौंको गैह्रीगाउँको हत्या प्रकरणमा संलग्न भएको आशंकामा पक्राउ परेका आरोपी सोही सःमिलमा काम गर्ने गरेको खुलेको छ । प्रहरीले हत्याको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिएको छ । उनले मदिरा सेवन गरेको पाइएको छ । तिनकुनेस्थित गैह्रीगाउँको दिव्य सःमिलमा चार जनाको धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएको थियो । गए राति १२ बजेतिर घटना भएको बताइएको छ । प्रहरीका अनुसार हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब…

थप

काठमाडौँ । काठमाडौँको तीनकुनेस्थित गैह्रीगाउँमा एकै परिवारका ३ जनासहित ४ जनाको हत्या भएको छ । धारिलो हतियार ‘खुकुरी’ प्रहार गरेर हत्या गरेको अवस्थामा चार जनाको शव भेटिएको हो ।  मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् । प्रहरीका अनुसार हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेका छन् । उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले ४ जनाको हत्या गरिएको अवस्थामा शव फेला परेको पुस्टी गरे । गए राति १२ बजेतिर घटना…

थप

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले गत सोमबार अवैध सुनसहित दुई जनालाई पक्राउ गर्यो । पक्राउ पर्नेमा काभ्रे खानीखोला गाउँपालिका–३ घर भई पनौती नगरपालिका–५ बस्ने २८ वर्षीय बाबुलाल दोङ रहेका छन् । उनको साथबाट काठमाडौं प्रहरीले नौ सय ६० ग्राम तौल अवैध सुन बरामद गरेको थियो । भन्सार छली लुकाईछिपाई अवैध सुन ल्याएको सूचना पाएपछि काठमाडौं प्रहरीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर सार्वजनिक सडक पेटीमा हिँड्दै गरेका अवस्थामा पक्राउ गरेको हो । हिमालयन एयरलाइन्सद्वारा दुबईबाट नेपाल आएका बाबुलालले भन्सार छलि अवैध सुन लुकाइछिपाइ ल्याएको भन्ने विशेष सूचनाको आधारमा काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर…

थप

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुने भएको छ । सँगै सरकारले आज सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । उनको सोमबार राति हृदयाघातबाट निधन भएको थियो । यता, एमालेले विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको शवयात्राको रुट पनि तय भएको जनाएको छ । विज्ञप्तिमा शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने उल्लेख छ । नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेका…

थप

काठमाडौं । प्रहरी प्रधान कार्यालय, नक्सालले बर्दीको दृश्य देखाउँदा स्क्रिप्ट खुलाएर पूर्वअनुमति लिनुपर्ने नियम ल्याएको छ । जुन अति नै सान्दर्भिक रहेको भन्दै प्रशंसा भएको छ । बुधबार एक विज्ञप्ति जारी गर्दै प्रधान कार्यालयले नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रममा नेपाल प्रहरीले प्रयोग गर्ने पोशाकको दुरुपयोग भएको जनाएको छ । पोशाकको दुरुपयोग गरेको देखिनुका साथै सांगठनिक मर्यादा विपरीतका अपशब्द एवं संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवं समूहबाट प्रहरीले व्यावसायिक रुपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने गरेको प्रधान कार्यालयको जिकिर छ । प्रहरी प्रवक्ता नायब महानिरीक्षक (डीआईजी) कुवेर कडायतले प्रहरी कर्मचारीहरूको व्यावसायिक…

थप

काठमाडौं । सहायक निरीक्षक (असई)को फुली लगाएपछि ४२ जना हवल्दार निलम्बनमा परेका छन् । घटना हो काठमाडौं महानगरपालिका मातहत नगर प्रहरीको । २५ असारमा महानगरपालिकाले नगर प्रहरी हवल्दारलाई तेस्रो तहबाट चौथो तहमा बढुवा गरेको थियो । ती हवल्दारले आफूहरु असईमा बढुवा भएको ठानी असईको फुली लगाएका थिए । तर, महानगरपालिकाका अनुसार उनीहरु बढुवा भएर असई भएका थिएनन् । पछि घटनाबारे थाहा पाएपछि महानगरपालिकाले कारबाहीस्वरुप उनीहरुलाई निलम्बन गरेको हो । जसजसले अनुशासनको उलंघन गरेका छन् सबै हवल्दारहरु निलम्बन भइसकेका हुन् । जबकी महानगरको प्रमुख प्रशासकीय अधिकृतले मात्रै दज्र्यानी चिह्न वितरण गर्ने अधिकार छ । तर, उनीहरुले आफूखुसी दर्ज्यानी चन्ह लगाएको खुलेको…

थप

काठमाडौं । आइएमई पेले एयरलाइन्सको टिकट खरिदमा ५ सय रुपैयाँ क्यासब्याक दिने भएको छ।  यस अफर अन्तर्गत सेवाग्राहीले आइएमई पे मार्फत पहिलो पटक टिकट खरिद गर्दा ‘FLYIME’ प्रोमो कोड प्रयोग गरी क्यासब्याक पाउन सक्ने कम्पनीले जनाएको छ । सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी माध्यममार्फत सहजै एयरलाइन्स टिकट काट्न प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याइएको यो अफर भदौ २४ देखि सुरु भएको हो । पहिलो एक हजार योग्य सेवाग्राहीलाई यो छुट प्रदान गरिने आइएमई पेले जनाएको छ । यो अफर पहिलो पटक एयरलाइन्स टिकट काट्ने सेवाग्राहीहरूलाई सीमित अवधिका लागि प्रदान गरिने बताइएको छ ।

थप

काठमाडौ । स्व. संविधानसभा अध्यक्ष एवं नेकपा एमाले उपाध्यक्ष सुवासचन्द नेम्वाङका कान्छा छोरा सुहाङ अष्ट्रेलियाबाट आइपुगेका छन् । नेपालमै कानून व्यवसायमा सक्रिय सुहाङ केही समयअघि मात्र अष्ट्रेलिया गएका थिए । बाबुको निधनको खबर पाएलगत्तै उनी नेपाल हिंडेका थिए । राति ११ बजेतिर सुहाङ नेपाल आइपुगेका नेता नेम्वाङका स्वकीय सचिव कृष्ण काफ्लेले बताए । उनका अनुसार सुहाङ विमानस्थलबाट सिधै बाबुको पार्थिव शरीर राखिएको स्थान एमाले मुख्यालय च्यासल पुगेका थिए । बाबुको मुख हेरेर उनी बालुवाटार निवास गएका थिए । नेम्वाङका जेठा छोरा मिङ्सो बेलायतबाट आज साझ आइपुग्दैछन् । नेम्वाङको पार्थिव शरीर आज अपराह्न १ बजेसम्म श्रद्धाञ्जलीका लागि एमाले कार्यालयमै राखिने र…

थप

काठमाडौं । मलद्वारमा लुकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी परिसरको टोलीले मंगलबार थप १ जनालाई पक्राउ गरेको छ ।  विमानस्थलमा सुन लिन जाने मिङमा दोर्जे स्यान्तानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो । सोमबार दुबईबाट हिमालयन एयरलाइन्सको विमानबाट सुन भित्राएको आरोपमा प्रहरी मंगलबार दिउँसो दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो भने मिङमा फरार थिए । काभ्रेको महाभारत गाउँपालिका- ३ का ३६ वर्षीय मिङमा ढल्कुस्थित बिगमार्टको पार्किङबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमुद ढुंगेलले जानकारी दिए । ढुंगेलले भने, ‘दुबईबाट मलद्वारमा लुकाएर सुन ल्याएका दोङलाई प्रहरी वृत्त गौशालामा लगि चेकजाँच गर्ने क्रममा कालो टेपले…

थप

काठमाडौ । डडेल्धुराका प्रेमसिंह ऐर दम्पतिले सशस्त्र युद्धमा दुई छोरा गुमाए । २०५८ सालमा घर नजिकै सेनाले बिछ्याएको एम्बुसमा परेर दुई छोराको ज्यान गुम्यो ।  त्यसपछि २०६३ जेठ १९ मा एक छोरा जन्मियो । उनै छोराको पनि मोटरसाइकल सवार रहँदा सडक माथिबाट खसेको ढुंगा लागेर ज्यान गएको छ । जिल्लाको अमरगढी नगरपालिका १ दगलखेत बस्दै आएका ऐर परिवार दुई छोरा गुमेपछि थाँतथलो छाडेर सदरमुकामकै वडा नम्बर ४ खलंगामा घर बनाएर बस्दै आएको थियो। खुशीको रंग दिँदै ५ वर्षपछि जन्मिएका एक्लो छोरा दुर्घटनामा बितेपछि ऐर परिवार फेरि उजाडिएको छ । शनिबार डोटीको दिपायलबाट डडेल्धुरातर्फ आउँदै गरेको म१प८८३० नम्बरको मोटरसाइकल पछाडि सवार…

थप