काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको काज सरूवा भएको छ ।
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार डीआईजी चन्दलाई प्रहरी प्रधान कार्यालयस्थित प्रदेश समन्वय विभागमा सरूवा गरेका हुन् ।
गत माघ १२ गते विमानस्थलमा अध्यागमन अधिकृत छायाँलाल मोक्तान र विमानस्थलमा जाँचका लागि खटिएका प्रहरीहरूबीच हातपात भएको थियो ।
विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको हातपातको घटनापछि डीआईजी चन्द असन्तुष्ट थिए । तर, पछि प्रधान कार्यालय मानव स्रोत विभागले उनको राजीनामा फिर्ता गरेको थियो ।
हाल उनी १० दिनको घर विदामा छन् । त्यसैबीच गृह मन्त्रालयले चन्दको काज सरूवा गरेको हो । हाल उनी सरूवा भएको प्रदेश समन्वय विभागमा एआईजी सुदीप गिरी प्रमुख छन् ।
विमानस्थलमा कसलाई पठाउने भन्ने निर्णय भइसकेको छैन ।
