Author: Scoop Khabar

काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) विभाजित भएको छ । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी (नेसपा) को महिन्द्र यादव पक्षबीच पार्टी एकता गर्ने सहमति भएको हो । माआवादी केन्द्र र नेसपा केन्द्रीय समितिको एकता संयोजन समितिको बैठकले पार्टी एकता गर्ने सहमति गरेको हो । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा आगामी महाधिवेशनमा टुंगो लगाउने निर्णय गरेको छ । पार्टी एकताका लागि वैचारिक एकरूपता र संगठनात्मक तयारी गर्न कार्यदल गठन गरिएको छ । कार्यदलमा नेकपा (माओवादी केन्द्र) को तर्फबाट महासचिव देवप्रसाद गुरुङ…

थप

काठमाडौं । प्रहरीले संयुक्त अरब इमिरेट्स (युएई) को पार्लरमा आकर्षक तलबमा काम लगाईदिने भन्दै प्रलोभनमा पारेर कुवेतमा पुर्‍याई युवती बेचबिखन गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । बेचबिखन गर्ने कार्यमा संलग्न रहेको अभियोगमा बारा निजगढ नगरपालिका–१ ठेगाना भई ललितपुर महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने ५० वर्षीय गणेश बहादुर कटुवाललाई शुक्रबार प्रहरीले पक्राउ गरेको हो । मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका–५ बाट पक्राउ गरेको छ । कटुवालले नेपालमा ब्युटी पार्लर सञ्चालन गरी बसिरहेकी पीडितलाई आकर्षक तलब र सुविधा हुने दुबईको पार्लरमा काममा लगाइदिने प्रलोभन दिएको, भिसा टिकटलगायतको प्रक्रियाहरू गर्नका लागि १ लाख ५० हजार रुपैयाँ…

थप

घटना नम्बर १२०७९ जेठ ११ गते यात्रुवाहक बसको ठक्करबाट झापामा प्रहरी जवान प्रकाश राई र म्यादी प्रहरी जितुहाङ राईको मृत्यु भयो । पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा को१ख ७१८७ नम्बरको झुल्केदेवी यातायात (बस) ले प्रदेश १–०२०४०प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको समेत ड्युटीमा रहेको बेला बसले ठक्कर दिएको थियो । घटना नम्बर २बैतडीको पाटन नगरपालिका-८ हरिचन घर भई सशस्त्र प्रहरी बल बाजुरास्थित आश्रित गुल्ममा कार्यरत हवल्दार ४० वर्षीय नरेन्द्रसिंह महराको गाडीको ठक्करबाट २०८० असोज १० गते निधन भयो । बाजुराबाट घर जान खोजेका महरालाई गाडीले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको थियो…

थप

काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरेको छ । उपचारका लागि भारत जान बिदा लिएका उनलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको हो । बेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोपमा खरेललाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा खरेलले छिरिङलाई नागरिकता दिलाएको आरोप छ । साथै उनले अन्य पनि दोहोरो नागरिकता दिएको अनुसन्धानबाट खुलेको थियो । हाल उनी मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ । यो पनि पढ्नुहोस्… निडर गृहमन्त्री, आक्रामक आईजीपी :…

थप

काठमाडौं । २३ फागुनमा दोस्रोपटक रवि लामिछानेले गृह मन्त्रालयको बागडोर सम्हाल्ने अवसर पाए । त्यसअघि लामिछाने ११ पुस २०७९ मा पहिलोपटक गृहमन्त्री बनेका थिए । दोस्रोपटक गृहमन्त्रीको जिम्मेवारी पाएको छोटो समयमै लामिछानेले निडर भएर अडान लिइदिँदा प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर अपराधीहरुविरुद्ध आक्रमक भएर उत्रिएका छन् । गृहमन्त्री भएको दुई सातामै लामिछानेको दृढ अडानका कारण आईजीपी कुँवरले छुट्टै विशेष प्रहरी टोली परिचालन गरेर अपराधीहरु पक्राउ गर्न खोजेका छन् । जुनकुरामा गृहमन्त्री लामिछानेको पूर्ण सहयोग रहेको स्रोत बताउँछ । पछिल्लो समय चर्चामा छ तस्करीको सुन प्रकरण । सुन प्रकरणमा उच्च पदस्थ व्यक्तिहरुको संलग्नता रहेको खुलेपछि गृहमन्त्री लामिछाने उनीहरुलाई जसरी पनि…

थप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई फिर्ता बोलाउने निर्णय गरिएको छ । प्रहरी उपरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्रुटिपुर्ण अनुसन्धान गरेको निष्कर्ष र आयोगको सिफारिसको आधारमा उनलाई नुवाकोटबाट फिर्ता बोलाउने निर्णय गरिएको हो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहँदा ६० किलो सुनको अनुसन्धान नेतृत्व एसपी थापाले गरेका थिए ।

थप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत २ जना नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रधान कार्यालय तानिएका छन् । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेसँगै डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिएका हुन् । यस्तै, सिआइबी प्रमुख किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई सीआईबी प्रमुखबाट हटाइएको हो।

थप

काठमाडौं । प्रहरीले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन पासाङका छोरा दीपेश पुनलाई पक्राउ गरेको छ । पुन राजधानीको टोखाबाट पक्राउ परेका हुन् । सुन तस्करी प्रकरणमा मुछिएका पुनलाई प्रहरी प्रधान कार्यालयबाट खटिएको विशेष टोलीले पक्राउ गरेको स्रोतले जनायो ।

थप

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीको सरुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबी प्रमुखमा ज्ञवालीलाई पठाउने निर्णय गरेको हो । यसअघि सीआईबी प्रमुख रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको छ । सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो ।

थप

काठमाडौं । यतिबेला सर्लाही प्रहरीको ध्यान फरार अपराधीमा केन्द्रीत छ । वर्षौंअघि अदालतको फैसलामा सजाय तोकिए पनि खुलेआम डुलिरहेका अपराधीलाई प्रहरीले अभियान नै चलाएर पक्राउ गर्न थालेको हो । जिल्ला अदालतको बेरुजु फछ्र्यौट गर्न र फैसला कार्यान्वयन गराउन जिल्ला प्रहरी कार्यालय सर्लाहीले शुक्रबार मात्रै २०२ फरार अपराधीलाई पक्राउ गर्न सफल भएको छ । उनीहरूलाई शुक्रबार नै अदालतमा हाजिर गराइ कैद भुक्तानीका जेल चलान गरिएको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधी ज्ञवालीले जानकारी दिए । पक्राउ पर्नेमा कुटपिट, मानव बेचबिखन, सवारी ज्यान, लागूऔषध, जबरजस्ती करणी, अपहरण, ज्यान मार्ने उद्योग, चोरी, कर्तव्य ज्यान, सम्बन्धविच्छेद, भ्रष्टाचार, जुवा र गाली बेइज्जती मुद्दासँग सम्बन्धित…

थप