काठमाडौं । जिल्ला प्रहरी कार्यालय, नुवाकोटका प्रमुख रहेका प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापालाई फिर्ता बोलाउने निर्णय गरिएको छ ।
प्रहरी उपरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयमा फिर्ता बोलाउने निर्णय गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले जानकारी दिए ।
सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले उनलाई विभागीय कारबाही गर्न सिफारिस गरेको छ । त्रुटिपुर्ण अनुसन्धान गरेको निष्कर्ष र आयोगको सिफारिसको आधारमा उनलाई नुवाकोटबाट फिर्ता बोलाउने निर्णय गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा कार्यरत रहँदा ६० किलो सुनको अनुसन्धान नेतृत्व एसपी थापाले गरेका थिए ।
Facebook Comments Box
