काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत २ जना नायब उपरीक्षक (डिएसपी) प्रहरी प्रधान कार्यालय तानिएका छन् ।
सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कारबाहीका लागि सिफारिस गरेसँगै डिएसपीद्वय रुगम कुँवर र दुर्गा दाहाल प्रहरी प्रधान कार्यालय तानिएका हुन् ।
यस्तै, सिआइबी प्रमुख किरण बज्राचार्यलाई नेपाल प्रहरीको कार्यालय कार्यविभागमा सरूवा गर्ने निर्णय भएको छ । सुन तस्करी प्रकरणको अनुसन्धानमा जाँचबुझ आयोगले त्रुटि औंल्याएपछि बज्राचार्यलाई सीआईबी प्रमुखबाट हटाइएको हो।
Facebook Comments Box
