काठमाडौं । प्रहरीले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेललाई पक्राउ गरेको छ ।
उपचारका लागि भारत जान बिदा लिएका उनलाई प्रहरीले काभ्रेबाट पक्राउ गरेको हो । बेल्जियन नागरिक दावा छिरिङलाई निमा तामाङ नामको नेपाली नागरिकता दिएको आरोपमा खरेललाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकमा कार्यरत रहँदा झुटा विवरणको आधारमा खरेलले छिरिङलाई नागरिकता दिलाएको आरोप छ ।
साथै उनले अन्य पनि दोहोरो नागरिकता दिएको अनुसन्धानबाट खुलेको थियो । हाल उनी मेलम्ची नगरपालिकाको प्रशासकीय अधिकृतका रुपमा कार्यरत थिए ।
उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।
यो पनि पढ्नुहोस्…
निडर गृहमन्त्री, आक्रामक आईजीपी : अपराधी पक्राउ गर्न विशेष प्रहरी टोली परिचालन
नुवाकोटका एसपी थापालाई फिर्ता बोलाउने निर्णय
सीआईबीमा कार्यरत दुई डिएसपी प्रहरी प्रधान कार्यालय तानिए
पक्राउ परे पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन
सीआईबी प्रमुखमा श्यामलाल ज्ञवालीको सरुवा
