Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंका अंगरक्षक (बडिगार्ड) अत्याधुनिक हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका छन् । झापाको बुद्धशान्ति गाउँपालिका–३ घर भएका दिपक खड्का बन्दुकसहित सर्वोच्च अदालत छिर्न खोजेपछि पक्राउ परेको प्रहरीले जनाएको छ । उनी लामो समयदेखि व्यवसायी प्रसाईंको नीजि अंगरक्षकको रुपमा कार्यरत छन् । उनको साथबाट प्रहरीले एउटा बन्दुक बरामद गरेको छ । आफ्नो मेडिकल कलेजको सम्बन्धनसम्बन्धी मुद्दामा भइरहेको बहस सुन्न प्रसाईं खड्कासहित त्यहाँ पुगेका हुन् । सेतो गाडीमा सर्वोच्च छिरेका प्रसाईंका खड्कासहितका अंगरक्षकहरुले कालो झोलामा हतियार राखेर लगेको पाइएको हो । प्रहरीका अनुसार स्वेडेन लेखिएको कालो झोलामा अर्मेरिया परिनी एसआरएल इटाली, मेड इन जर्मन–जीएसजी ५ लेखिएको…
काठमाडौं । ६० किलो सुन तस्करी छानबिनका लागि पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवन गुरुङ धरौटीमा छुटेका छन् । उनलाई जिल्ला अदालत काठमाडौंले १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठले जानकारी दिए ।
काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्रं का उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान लुम्बिनीबाट पक्राउ परेका थिए । लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।
काठमाडौ । नेपाल राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य पदबाट बर्खास्त भएका छन् । थानेश्वरले राष्ट्र बैंककै उच्च तहकी महिलामाथि यौन दुर्व्यवहार गरेको अभियोगमा उनलाई बर्खास्त गरिएको हो । थानेश्वर बर्खास्त भएको राष्ट्र बैंकका उच्च व्यवस्थापनले समेत पुष्टी गरे । पुस २७ गते राष्ट्र बैंकले भक्तपुरको नगरकोटस्थित एक होटलमा तनाव व्यवस्थापनसम्बन्धी दुईदिने आवासीय कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रमा थानेश्वरले बैंकका उच्च महिला कर्मचारीलाई यौन दुर्व्यवहार गरेका थिए ।
२१ वर्षीय रुपेन्द्र लामा र १२ कक्षा पढ्दै गरेको १८ वर्षीया सुष्मा लामा बाख्रा चराउने, घाँस काट्ने जस्ता घरायसी काममा सँगै जाने गर्थे । टेलिफोन र सामाजिक सञ्जालबाट पनि कुराकानी हुने गरेको थियो । पछिल्लो आठ महिनायता भने रुपेन्द्रले सुष्मालाई प्रेमिकाको रुपमा हेर्न थाले । तर सुष्माले भने रुपेन्द्रसँग प्रेम सम्बन्ध चाहेकी थिइनन् । पटकपटक प्रेम प्रस्ताव राखे पनि सुष्माले अस्वीकार गरिन् । त्यसपछि रुपेन्द्रको दिमागमा अस्वाभाविक विचार आउँछ- ‘सुष्मा मेरो हुन सक्दिनन् भने म कसैको पनि हुन दिन्न ।’ उ आठ दिनसम्म झोलामा कुटो बोकेर सुष्मालाई सिध्याउने दाउ ढुकेर बस्छ । र, आठौं दिनमा कथित प्रेमको लागि कसैको जीवन…
काठमाडौ । गृहसचिव एकनारायण अर्यालले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गरी उपस्थित प्रहरी कर्मचारीलाई निर्देशन समेत दिएका छन् । निरीक्षण भ्रमणका क्रममा गृहसचिव अर्यालले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय, पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्यावको निरीक्षण गर्नुका साथै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “भौतिक सबुद संकलन र संरक्षण सम्बन्धी दिग्दर्शन” पुस्तक विमोचन गरे । कार्यक्रममा गृहसचिव अर्यालले समाजमा शान्ति सुव्यवस्था कायम गर्ने, अपराध अनुसन्धान एवम् नियन्त्रणमा नेपाल प्रहरीले कुशलतापूर्वक कार्य गरिरहेको चर्चा गर्दै वर्तमान अवस्थामा देखिएका चुनौतिहरूको समाधानका लागि सबै प्रहरी कर्मचारीहरूको पूर्ण सहयोगको अपेक्षा रहेको उल्लेख गरे । नेपाल प्रहरीको…
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ परेका नेकपा (माओवादी) केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइँदैछ । महरा कपिलवस्तुबाट पक्राउ परेका हुन् । प्रहरीको निगरानीपछि महरा आफैंले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं ल्याइएको हो । उनलाई सुन तस्करीसम्बन्धी जाँचबुझका लागि बनेको उच्चस्तरीय आयोगले कारबाही गर्न सिफारिस गरेको थियो । त्यसलगत्तै उनी प्रहरीको उच्च निगरानीमा रहेका थिए । महरा काठमाडौंबाट रोल्पा जानका लागि भन्दै सोमबार भैरहवा विमानस्थलमा उत्रिएका थिए । तर, उनी बीचमै नवलपरासीतिर कतै लुकेर मोटरसाइकलबाट सीमापारी जाने प्रयासमा रहेको खुलेको छ । बर्दघाटबाट महरा पार भएको प्रहरीले सेटबाट सबैतिर सन्देश प्रवाह गरेपछि खैलाबैला मच्चिएको थियो । त्यसपछि महरालाई रूपन्देही…
काठमाडौं । सुन तस्करी प्रकरणमा कपिलवस्तुबाट पक्राउ परेका नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा भारततर्फ भाग्न खोजेको पाइएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै अर्थात आज सोमबार बिहान उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए । बीचमै परासीतिर उनी कतै लुकेर मोटरसाइकलबाट सीमापारी जाने प्रयासमा रहेको खुलेको छ । बर्दघाटबाट महरा पार भएको प्रहरीले सेटबाट सबैतिर सन्देश प्रवाह गरेपछि खैलाबैला मच्चिएको थियो । गृहमन्त्री लामिछानेले कारबाही गर्न निर्देशन दिएका महरा भारततर्फ जान खोजेको थाहा पाएपछि नवलपरासी, रुपन्देही र कपिलवस्तुका प्रहरी प्रमुखको कमाण्डमा छुट्टाछुट्टै टोली उनलाई खोज्न परिचालित भएका थिए…
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परेका छन् । महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै सोमबार बिहान उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए । यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुन तस्करी उच्चस्तरीय जाँचबुझ आयोगको प्रतिवेदन बुझेको छ । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको आयोगको प्रतिवेदन आइतबार सीआईबीले बुझेको हो । आइतबार गृह मन्त्रालयमा प्रतिवेदन बुझेको सीआईबी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए । एआईजी ज्ञवालीले भने, ‘आज हामीले प्रतिवेदन बुझेको छौं । अब अध्ययन गरेपछि कारबाही प्रक्रिया अघि बढाउँछौं ।’ विमानस्थलको भन्सार जाँच पार गरेको तस्करी भएको ६० किलो सुन, भेपमार्फत आएको सुन तस्करी लगायतमा राजनीतिक नेतृत्वलाई जोगाइएको आरोप लागिरहेका बेला उच्चस्तरीय छानबिन आयोग बनाउन दबाब बढेको थियो । त्यसबीचमा सरकारले पूर्वन्यायाधीश आचार्यको नेतृत्वमा आयोग बनाएको थियो । आयोगमा किशोरजंग कार्की,…