काठमाडौं । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्रं का उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
सुन प्रकरणमा अनुसन्धानका लागि उनलाई ४ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन समितिले मुद्दा चलाउन सिफारिस गरेपछि महरा सोमबार बिहान लुम्बिनीबाट पक्राउ परेका थिए ।
लगत्तै उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ल्याइएको थियो ।
भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ ।
महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।
Facebook Comments Box
