काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा कपिलवस्तुबाट पक्राउ परेका छन् ।
महरालाई कपिलवस्तुबाट पक्राउ गरेको प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले जानकारी दिए । उनलाई काठमाडौं ल्याइँदैछ ।
उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महरालाई कारबाही गर्न निर्देशन दिएको भोलिपल्टै सोमबार बिहान उनी नवलपरासीको बाटो हुँदै भारततर्फ भाग्न खोजेका थिए ।
यसअघि महरासँग आयोगले बयान समेत लिएको थियो । उनका छोरा राहुल महरा विद्युतीय चुरोट (भेप) मार्फत भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
Facebook Comments Box
