Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । बुधबार सुनसरीको धरान-१८ मा रहेको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन नजिकै मृत अवस्थामा भेटिएकी सुमना श्रेष्ठको हत्या उनकै प्रेमीले गरेको पुष्टि भएको छ । प्रहरीले श्रेष्ठको हत्यामा संलग्न युवकलाई पक्राउ गरिसकेको छ । २४ घण्टा बित्न नपाउँदै प्रहरीले हत्यामा संलग्न युवकलाई धनकुटाबाट पक्राउ गर्न सफल भएको हो । ती युवकलाई धनबुटाबाट धरान ल्याइसकेको सुनसरी प्रहरीले जनाएको छ । प्रहरीका अनुसार प्रेम सम्बन्धमा धोका दिएपछि ती युवकले सुमनाको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्या गरी फरार भएका भुजेल थरका युवकलाई बिहीबार धनकुटाबाट पक्राउ गरी धरान ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले तालिमप्राप्त कुकुरको सहायतामा घटनाको…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको अभियोगमा काठमाडौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय काठमाडौंका शाखा अधिकृत यामकुमार कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बागमती नगर जग्गा एकीकरण आयोजनाको कार्यालय बौद्ध तथा अतिरिक्त जिम्मेवारीका रुपमा कागेश्वरी, गोकर्णेश्वर तथा शंकरापुर नगरपालिकाद्वारा सञ्चालित पूर्वी काठमाडौं नयाँ सहरी विकास आयोजनामा कार्यरत शाखा अधिकृत कार्कीले गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ । आयोगका अनुसार, कार्की विं.सं. २०५८ साउन १६ गते सार्वजनिक सेवामा प्रवेश गरेका थिए । आयोगले विं.सं. २०७९ चैत ३० गतेसम्मको सम्पत्तिका बारेमा अनुसन्धान गरेको छ । सो अवधिमा कार्कीको कूल आम्दानी…
काठमाडौं । शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’को ट्रेलर रिलिज भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच फिल्मको ट्रेलर रिलिज गरिएको हो । कमेडी फ्लेवरमा तयार पारिएको ट्रेलरमा जय किसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी लगायतका कलाकारले प्राथमिकता पाएका छन् । फिल्मलाई बलिउड कमेडीयन कपिल शर्माले सफलताको शुभकामना समेत दिएका छन् । निर्देशक बस्नेतले ‘बद्री बहादुर’ दर्शकले मन पराउनेमा आफस विश्वस्त रहेको बताए । सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी निर्माता रहेको फिल्म एवी पिक्चर्स फार्म र सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको हो । विजय गोपाल दली…
काठमाडौं । प्रहरीले बलात्कार अभियोगमा एक चिकित्सकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिकित्सक पुजन ज्ञवाली रहेका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनलाई बलात्कार मुद्दामा पक्राउ गरी मुद्दा दायर गरेको हो । सहकर्मी चिकित्सक महिलालाई नै बारम्बार बलात्कार गरेको अभियोग उनीमाथि छ । मेडिकेट अस्पताल बुटवल, रुपन्देहीमा कार्यरत ज्ञवालीमाथि पूर्वप्रेमिकालाई बलात्कार र यौन शोषण गरेको अभियोग रहेको परिसरका एक प्रहरी अधिकृतले भने । बुटवलस्थित प्रादेशिक अस्पतालमा कार्यरत रहँदा सहकर्मी चिकित्सकसँग उनी प्रेममा परेका थिए । तर, ती चिकित्सकलाई वेवास्था गरी अर्की युवतीसँग बिहे गरेका थिए । ज्ञवालीले गत २ फागुनमा विहे गरेका थिए । ११ फागुनमा उनी…
काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयलमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो । प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ । त्यस्तै प्रहरी बरिष्ठ हवल्दारबाट असई बढुवा हुनेमा ३० जना सिफारिस भएका छन् ।
एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । भारतको केन्द्रीय वित्त मन्त्रालय, राजस्व विभाग मातहतको प्रवर्तन निर्देशनालय (ईडी) को टोलीले मुख्यमन्त्री केजरीवाललाई हिजो बेलुका पक्राउ गरेको हो । भारतीय सञ्चारमाध्यमका अनुसार पक्राउ गर्नुअघि ईडीको टोलीले केजरीवालसँग दुई घण्टा लामो सोधपुछ गरेको थियो । निर्देशनालयले दिल्लीको रक्सीसम्बन्धी नीतिलाई लिएर उनीमाथि छानबिन गर्दै आएको थियो । यसअघि बयानका लागि पटक–पटक बोलाए पनि केजरीवाल उपस्थित भएका थिएनन् । आम आदमी पार्टीका केजरीवालले आफूमाथि राजनीतिक प्रतिशोध साँध्न झुटो आरोप लगाइएको दाबी गर्दै आएका खबरमा उल्लेख छ । यसअघि दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया र अर्का एक मन्त्री पनि अनियमितता गरेको भन्दै पक्राउ…
काठमाडौं । बिहीबार प्रहरी प्रधान कार्यालयले १४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरुवा सूची सार्वजनिक गर्यो । लामो रस्साकस्सीबीच प्रधान कार्यालयले डिएसपी सरुवा गरेको हो । यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैंले डिएसपीको सरुवा गर्न खोजेका थिए । तर, प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरसँग कुरा नमिलेपछि श्रेष्ठले डिएसपी सरुवा गर्न सकेनन् र गृहमन्त्री पद नै गयो । उनको ठाउँमा रास्वपा सभापति रवि लामिछाने छन् । रवि गृहमन्त्री भएको २ सातामै आईजीपी कुँवरले डिएसपी सरुवा गर्न सफल भएका हुन् । अहिलेको डिएसपी सरुवा राजनीतिक दबावले भन्दा पनि मापदण्डका आधारमा भएको देखिन्छ । उत्कृष्ट र कार्य दक्षता हेरेर नै सरुवा गरिएको आईजीपी…
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआइजी रमेश खरेलले (रास्वपा)का सभापति तथा गृहमन्त्री रवि लामिछानेको कटु आलोचना गरेका छन् । उनले सहकारी प्रकरणमा आफूमाथि अनुसन्धान हुँदाहुँदै लामिछाने गृहमन्त्री बनेको भन्दै नैतिकताको प्रश्न उठाए । रास्वपाका नेता समेत रहेका खरेलले आफू संलग्न पार्टी रास्वपा सभापति लामिछानेको आलोचना गरेका हुन् । उनले प्रधानमन्त्रीसहित सरकारका थुप्रै मन्त्रीहरुको नियुक्तिमा कन्फ्लिक्ट अफ इन्ट्रेस्ट रहेको बताए । रास्वपामा प्रवेश गरे पनि निष्क्रिय रहेका खरेलले पछिल्लो समय एउटा निजी टेलिभिजनमा ‘जनता जनार्दन’ नामक कार्यक्रम चलाउँदै आएका छन् । उक्त कार्यक्रमको पछिल्लो एपिसोडमा उनले सुन तस्करीमा पक्राउ परेका कृष्णबहादुर महराको प्रसंग उठाएका थिए । महरालाई पक्राउ गरेकोमा खरेलले गृहमन्त्रीलाई धन्यवाद…
काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजो (चैत ७ देखि) २४ सै घण्टा खुला गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हलचोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो । यसअघि नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालका अनुसार प्रहरीको पेट्रोल पम्प बेलुका ११ बजेसम्म र सशस्त्र प्रहरीका प्रवक्ता राजेन्द्र खड्काका अनुसार सशस्त्रको पेट्रोल पम्प १० बजेसम्म खुला हुने गरेको थियो ।
काठमाडौँ । सूर्यदर्शन सहकारी संस्थाका पीडितहरूले जिबी राईलाई पक्राउ गर्न तथा आफूहरूको बचत रकम फिर्ताको वातावरण बनाइदिन प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिलाई अनुरोध गरेका छन् । पीडितका तर्फबाट सूर्यदर्शन सहकारी सङ्घर्ष समितिका अध्यक्ष किरण श्रेष्ठले राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बिहीबार ज्ञापन पत्र बुझाउँदै बचत फिर्ताको वातावरण बनाइदिन अनुरोध गरेका हुन् । पीडितहरूले सहकारी पदाधिकारीविरुद्ध उजुरी दिए पनि सहकारीका अध्यक्ष जिबी राईसहित १४ जना अझै फरार रहेको र सरकारले उनीहरूलाई पक्राउ गर्न चासो नदिएको पनि बताएका छन् । ‘सहकारी सञ्चालकलाई तुरुन्त पक्राउ गरी कारबाहीको दायरामा ल्याउनु पर्ने देखिन्छ तर अहिलेको यो सरकारलाई यो जिबी राई भन्ने नाम र…