काठमाडौं । नेपाल प्रहरीका २३ जना प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायव निरीक्षक (सई) मा बढुवा सिफारिस भएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयलमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सई पदमा बढुवा सिफारिस गरेको हो ।
प्राविधिक प्रहरी समूह, इन्जिनियरिङ उपसमूह, सञ्चारतर्फका सहायक निरीक्षकहरुलाई सोही समूहको नायव निरीक्षकमा बढुवा सिफारिस गरिएको प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै प्रहरी बरिष्ठ हवल्दारबाट असई बढुवा हुनेमा ३० जना सिफारिस भएका छन् ।


Facebook Comments Box
![नेपाल प्रहरीका २३ जना सईमा बढुवा सिफारिस [सूचीसहित]](https://scoopkhabar.com/wp-content/uploads/2023/07/1390E482-B76A-4D45-90F5-5A0E8E469267.jpeg)