Author: Scoop Khabar

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजी) वसन्तबहादुर कुँवरले संगठनले आन्तरिक शुद्धीकरणको नीति लिएकाले राम्रोसँग काम गर्न हालै सरुवा भएका प्रहरी नायव उपरीक्षक (डीएसपी)हरुलाई निर्देशन दिएका छन् । कार्यक्षेत्रमा खटिनुअघि आईजी कुँवरले प्रहरी प्रधान कार्यालयमा बोलाएर उनीहरुलाई निर्देशन दिँदै संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धीकरणलाई आत्मसात् गर्दै तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पुरा गर्न कटिवद्ध हुनुपर्ने बताए । आईजी कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा सामूहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।राजस्व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न उनले निर्देशन दिए । लागूऔषध नियन्त्रण…

थप

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता भन्दै विभिन्न युट्युब च्यानलमा अन्तर्वार्ता दिँदै हिँड्ने शर्मिला वाइबा हिरासतमुक्त भएकी छिन् । काठमाडौं जिल्ला अदातलका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले दुईवटा मुद्दामा उनलाई सोमबार धरौटी लिएर रिहा गर्न आदेश दिएको हो । उनी २८ दिन लामो हिरासत बसाइपछि सोमबार रिहा भएकी हुन् । म्याकुरी उपनामले चिनिने हाँस्य कलाकार पवन खतिवडाले कुटपिटसम्बन्धी घटनामा उजुरी दिएपछि उनलाई महाराजगञ्ज बृत्तको टोलीले गत फागुन १६ गते सिन्धुपाल्चोकबाट पक्राउ गरेको थियो । प्रहरीले उनीविरुद्ध कुटपिट, अंगभंग र साइबर अपराधसहित दुईवटा मुद्दा चलाइएको थियो । ती दुईमध्ये कुटपिट अंगभंगमा १० हजार र साइबरसम्बन्धी अपराधमा २५ हजार धरौटी बुझाएर उनी सोमबार नै…

थप

काठमाडौं । गत २०७९ चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले बसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको थियो । कुँवर आईजीमा नियुक्त भएको आज एकवर्ष पुगेको छ । आईजीको दज्र्यानी चिह्न लगाएसँगै कुँवरले संगठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा र बढुवा गर्ने प्रतिबद्धता जनाएका थिए । सरुवा/बढुवामा अन्याय नगर्ने र मातहतका कर्मचारीहरूको वृत्ति विकासमा ध्यान दिने उनले बताएका थिए । उनले प्रहरी जनशक्तिकोे वृद्धि, स्रोत साधन र क्षमतावान् बनाउन आफू संगठन प्रमुखको हैसियतले निरन्तर लागिपर्ने समेत बताएका थिए । संगठन बलियो बनाउन कुनै तत्वसँग साँठगाँठ नगर्ने कुँवरको भनाइ थियो । ‘प्रहरी कर्मचारीको मनोबललाई बढाएर संगठनलाई नमुना संगठन बनाउनेछु’,…

थप

काठमाडौं । आज रङहरुको पर्व होली अर्थात् फागु पूर्णिमा । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । बिहानैदेखि रङ दलेर खुशी साटासाट गर्न थालिसकेका छन् । संयोगवश बसन्त ऋतुको आगमनसँगै मनाइने फागु पूर्णिमा पर्व रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइरहँदा बसन्तबहादुर कुँवरले नेपाल प्रहरीको बागडोर सम्हालेको पनि आज एक वर्ष पूरा भएको छ । कुँवर नेपाल प्रहरीका ३० औं प्रहरी महानिरीक्षक (आईजीपी) हुन् । ११ चैतमा कुँवरले करिब ८० हजार प्रहरी फौजको नेतृत्व सम्हालेका थिए । एक वर्षे प्रगतीविवरणबारे स्कुपखबरसँग कुराकानी गर्दै आईजीपी कुँवरले आफ्नो एकवर्षे कार्यकाल सफल भएको दाबी गरे । उनले आफुले कसैको…

थप

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले यस वर्षको होली पर्व सभ्य एवं सुरक्षित रूपमा मनाउन अनुरोध गरेको छ । होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको हो । चितवन प्रहरीले होली पर्वलाई मध्यनजर गरी सुरक्षा व्यवस्था मजबुत बनाएको छ । भोलि आइतबार पहाड र सोमबार तराईको होली पर्व परेकोले राजमार्गदेखि भित्री सडकसम्म निगरानी बढाएर प्रहरीले सुरक्षा व्यवस्था मजबुत बनाएको हो । चितवन प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) भावेश रिमालले होली पर्व आम नेपालीहरूको लागि मेलमिलापको पर्व भएकाले मर्यादित रूपमा मनाउन आग्रह गरे । प्रहरीले कुनै उच्छृङ्गल गतिविधि हुन सक्ने भएकोले चितवनका राजमार्गदेखि भित्री सडकसम्म भोलि बिहानदेखि…

थप

काठमाडौं । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आफ्नो मन्त्रालयले सोमबारदेखि एक्सन थाल्ने बताएका छन् । वर्तमान सन्दर्भमा रास्वपाको रणनीतिक विषयमा छलफल कार्यक्रममा बोल्दै खेलकुदमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । उनले खेलकुदभित्र फैलिएको जरा तोड्नेगरी काम गर्ने बताए । मन्त्री श्रेष्ठले भने, ‘हामीले खेलकुद मन्त्रालयमा धेरै काम सुरु पनि गरेका छौं । अब सोमबारदेखि धेरै एक्सनहरु पाउनुहुनेछ । त्यो पनि गर्दैछौं । गृहमन्त्रीज्यूले सार्वजनिक जग्गाको कुराहरु गर्नुभएको छ । खेलकुदमा पनि स्काउटका धेरै सार्वजनिक जग्गा लुटेर बसेका रहेछन् मान्छेहरु । पैसा पनि नदिने, अदालतमा मुद्दा हाल्ने र स्टे अडर लिएर निःशुल्क जस्तो चलाइरहेका छन् । राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको छ…

थप

काभ्रे । काभ्रको बनेपाबाट कौडा खेलिरहेको अवस्थामा पाँचजना पक्राउ पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति पौने १२ बजे धुलिखेल नगरपालिका-९ ढुङगाखानीस्थित शुसिल रानाभाटले सञ्चालन गरेको शुभान होटेलको १०२ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो । केही मानिसहरु जम्मा भई कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट २० हजार ६८० रुपैयाँ बरामद गरिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

थप

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने बताएका छन् । नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोहमा बोल्दै आईजीपी कुँवरले सो कुरा बताएका हुन् । आईजीपी कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू…

थप

काठमाडौ । सुनसरी धरान-१६ की २१ बर्षीया सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनकै प्रेमीलाई पक्राउ गरि शुक्रवार सार्वजनिक गरेको छ । ईलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गर्दे सुनसरी प्रहरी प्रमुख तथा एसपी विपिन रेग्मीले सोही ठाउँकै १९ बर्षीय सविन भन्ने बाबुराम भुजेलले सुमनाको हत्या गरेको जानकारी दिए । पक्राउ परेका भुजेललाई पनि सार्वजनिक गर्दै एसपी  रेग्मीले अनुसन्धानको लागि ७ दिनको म्याद थप गरिएको बताए ।  एसपी रेग्मीकाअनुसार अभियुक्त भुजेललाई घटनाबारे जानकारी पाएको २४ घण्टा पनि नबित्दै धनकुटाको मुलघाटमा लुकीछिपी रहेको अवस्थामा बिहीबार पक्राउ गर्न प्रहरी सफल भएको हो । आरोपी भुजेलको साथबाट मृतक सुमनाले प्रयोग गर्ने मोवाइल…

थप

काठमाडौ । बारा प्रहरीले होली पर्वलाई सभ्य,शिष्ट,स्वस्थकर र मर्यादित तवरले मनाउन अनुरोध गरेको छ । बिहीबार एक सुचना जारी गर्दै प्रहरीले आत्मीय रुपमा नजिक भएका व्यक्ति वा आफन्तसँग  मात्र ‘होली खेलौँ’ भनेको छ । प्रहरी नायव उपरीक्षक (डीएसपी) दधिराम न्यौपानेले जारी गरेको सुचनामा होली पर्वको नाममा मादक पदार्थको सेवन गरी उच्छृङ्खल क्रियाकलाप नगर्न अनुरोध छ । सूचनामा भनिएको छ – ‘असभ्य र अश्लिल किसिमको होलीका नबजाऔँ र साँझ अवेला सम्म होली नखेलौं । ध्वनी प्रदुषण हुने गरी र मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने खालको चर्को आवाजमा साउण्ड सिस्टम आदिको प्रयोग नगरौँ ।’ यस्तै कसैको ईच्छा विपरित रंग, लोला,मोविल, मोसो, केमिकल…

थप