काभ्रे । काभ्रको बनेपाबाट कौडा खेलिरहेको अवस्थामा पाँचजना पक्राउ पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार शुक्रबार राति पौने १२ बजे धुलिखेल नगरपालिका-९ ढुङगाखानीस्थित शुसिल रानाभाटले सञ्चालन गरेको शुभान होटेलको १०२ नम्बर कोठाबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
केही मानिसहरु जम्मा भई कौडा खेलिरहेको गोप्य सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको जनाएको छ । उनीहरुको साथबाट २० हजार ६८० रुपैयाँ बरामद गरिएको छ ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
