Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका २ बस्ने राजु गुरुङ रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ परेकाहरूले चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेका थिए । उनीहरूले बूढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी वान प्लस ७ टी मोबाइल, ब्लुबुक, एचपी १५ ल्यापटप एक, रातो कलरको वालेट एक तथा…
काठमाडौ । प्रहरीले सर्लाहीको मलंगवा बजारबाट २७ लाख ७५ हजार ९७० रुपैयाँसहित दुईजना हुण्डी कारोबारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका-३ घर भएका २४ वर्षीय कमर राजा र सोही ठाउँका ४० वर्षीय आरिफ अन्सारी रहेका छन् । मलंगवा एरियामा विभिन्न व्यक्तिहरुले नेपाल राष्ट्र बैंकले आदेशविपरीत हुण्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक सबिन कुमार कार्कीको कमाण्डमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक कार्कीको टोलीले मलंगवा नगरपालिका-९ स्थित सडकखण्डमा पुग्दा कमर राजा शकास्पद अवस्थामा कालो रंगको झोला बोकेर हिंडेको देखेपछि उनलाई रोकि चेकजाँच गरेको थियो । सोही क्रममा एक हजारको १०…
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ वर्षीय बच्चु सुनार र सिन्धुपाल्चोककै ४७ वर्षीय दावा लामा पक्राउ परेका हुन् । प्रहरीका अनुसार उनीहरूले २०६४ सालमा सिन्धुपाल्चोककै तीनजना युवतीलाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाएर लेबनान पठाउने आश्वासन दिएका थिए । त्यसपछि वीरगन्ज हुँदै भारतको उनीहरूले सहिदनगर पुर्याएर एक–एक लाख रुपैयाँमा बिक्री गरेर यौन धन्दामा लगाएका थिए । सोही अरोपमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ३० वर्ष र ६० वर्ष कैद सजाय तोकेको थियो । सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार २०७८ मा सुनारलाई ३० वर्ष र लामालाई…
काठमाडौं । इलाका प्रहरी कार्यालय, धरानले कुनै घटनामा लिखित उजुरी दिन कानुन व्यवसायीबाट लेखाउने खर्च नभएका पीडित पक्षको निवेदन प्रहरीले नै लेखिदिने व्यवस्था गरिदिएको छ । इलाका प्रहरी कार्यालयको जिम्मेवारी सम्हाल्दै प्रहरी नायब उपरीक्षक (डिएसपी) मानबहादुर राईले भने, ‘निवेदन लेखाउन खर्च नभएर उजुरी नै गर्न नआएको पाइएकोले प्रहरीले नै निवेदन लेखिदिने नागरिक सुरक्षा सहायता कक्ष सुरु गरेका छौं ।’ डिएसपी राईले चैत १५ गतेबाट इलाका प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । आइतबार सञ्चारकर्मीहरूसँग भएको परिचयात्मक भेटघाटमा जिम्मेवारी सम्हाले लगत्तै नागरिक सुरक्षा साहायता कक्षबाट निवेदन लेख्ने व्यवस्था गरिएको जानकारी दिए । डिएसपी राईले धरानको जिम्मेवारी सम्हालेको भोलिपल्टै घटेको खुकुरी प्रहारको…
पोखरा । कास्कीको पोखरा महानगरपालिका- ११ की १७ वर्षीय मिल्का पुर्जा सम्पर्कविहीन भएकी छिन् । फागुन ६ गतेदेखि घरबाट अहिलेसम्म घर नफर्कँदा परिवारमा थप चिन्ता थपिएको हो । हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भनी भनी परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ । परिवारले दिएको जानकारी अनुसार गहुँ गोरी, पातलो शरीर भएकी मिल्काको उचाइ ४ फिट ८ इन्च छ । कालो कपाल भएकी मिल्काले हराएको बखत निलो र सेतो धर्के सर्ट, कालो कोर्ट र स्कट लगाएकी थिइन् । फेला पार्नुहुने महानुभावले नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
गैरकानुनी क्रियाकलाप हुन नदिनू र व्यक्तिगत लेनदेन पनि नगर्नू : सशस्त्र प्रहरी महानिरीक्षक
सुनसरी । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) राजु अर्यालले सशस्त्र प्रहरी बल खटेका स्थानमा कुनै किसिमका गैरकानुनी क्रियाकलाप हुन नदिन र आफू पनि कुनै व्यक्तिगत लेनदेनमा सहभागी नहुन निर्देशन दिएका छन् । सुनसरीको पकलीस्थित सशस्त्र प्रहरी बल, नेपाल नं १ बराहवाहिनी मुख्यालयको २३औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै आईजीपी अर्यालले यस्तो निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरीले सीमा क्षेत्रको सुरक्षा र राजस्व छली नियन्त्रणको काम गर्दै आएको बताए । उनले सीमा क्षेत्रमा भएका सम्पूर्ण नराम्रो कामको जिम्मा त्यहाँ खट्नेहरुले लिनुपर्ने बताए । उनले भने, “सीमा क्षेत्रमा खट्नेहरुका लागि समस्या पनि धेरै छन् तर जिम्मा लिएको काममा कसैले लापरबाही गर्नु…
सिन्धुली । सिन्धुली प्रहरीले हवाई फायर गरेर गाँजा तस्करलाई नियन्त्रणमा लिएको छ । हरिहरपुरगढी गाउँपालिका-७ भुताहा शिरमा प्रहरीले पाँच राउण्ड हवाई फायर गरेर चार बोरा गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा हरिहरपुरगढी गाउँपालिका-७ का २४ वर्षीय बिच बहादुर वाइबा रहेका छन् । उक्त कार्यमा संलग्न अन्य चार जना भने फरार भएका छन् । अन्यको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कपिलाकोट र प्रहरी चौकी क्यानेश्वरबाट खटिएको प्रहरी टोलीले गाँजासहित तस्करहरुलाई नियन्त्रणमा लिने क्रममा हवाई फायर गरेको थियो । ५ जना व्यक्तिहरूले नाम्लोमा बोकी ल्याउँदै गरेको…
कैलाली । धनगढी उपमहानगरपालिकामा पसलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-६ मट्यारी बस्ने २७ वर्षीय ओम प्रकाश कठायतको दकाजी किराना पसलमा जुवातास खेलिरहेको अवस्थामा कठायत समेत ८ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरूको साथबाट नगद ३० हजार ५ सय ७५ रुपैयाँ र ३ बुक तास बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तनहुँ । तनहुँमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । ब्यास नगरपालिका-१० डिगाउँ बस्ने लमजुङ मध्यनेपाल नगरपालिका-१ जितबेसी घर भएका ३० वर्षीय रघु बिकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बिकले ती किशोरीलाई ब्यास नगरपालिका-४ स्थित होटलमा लगी सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिइएको छ । यता दाङमा ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१६ बस्ने ५२ वर्षीय गोपाल बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको…
काठमाडौं । वीरगन्जमा कल सेन्टर सञ्चालन गरेर अवैध धन्दा गर्ने दुई चिनियाँ नागरिक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा पर्सा प्रहरीले शनिबार साँझ वीरगन्ज महानगरपालिका १५ लक्ष्मणवास्थित एक घरबाट छापा मारी अवैध धन्दा चलाउने चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिएको हो । कल सेन्टर सञ्चालन गरेर अवैध कारोबार सञ्चालन गर्ने दुई चिनियाँ नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) कुमार बिक्रम थापाले बताए । सो घरबाट दर्जनौं संख्यामा अवैध कम्प्युटर लगायतका इलेक्ट्रोनिक्सका सामानहरू समेत बरामद भएको बताउँदै डिएसपी थापाले थप अनुसन्धान भइरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलको नेतृत्वमा…