पोखरा । कास्कीको पोखरा महानगरपालिका- ११ की १७ वर्षीय मिल्का पुर्जा सम्पर्कविहीन भएकी छिन् । फागुन ६ गतेदेखि घरबाट अहिलेसम्म घर नफर्कँदा परिवारमा थप चिन्ता थपिएको हो ।
हालसम्म घरमा फर्की नआएकी, आफन्त, स्टमित्र समेतको सम्पर्कमा नआएकी हुँदा खोजतलास गरी पाउँ भनी भनी परिवारले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएको छ ।
परिवारले दिएको जानकारी अनुसार गहुँ गोरी, पातलो शरीर भएकी मिल्काको उचाइ ४ फिट ८ इन्च छ । कालो कपाल भएकी मिल्काले हराएको बखत निलो र सेतो धर्के सर्ट, कालो कोर्ट र स्कट लगाएकी थिइन् ।
फेला पार्नुहुने महानुभावले नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।
Facebook Comments Box
