काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले दुईजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका ३८ वर्षीय बच्चु सुनार र सिन्धुपाल्चोककै ४७ वर्षीय दावा लामा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीहरूले २०६४ सालमा सिन्धुपाल्चोककै तीनजना युवतीलाई आकर्षक वैदेशिक रोजगारको प्रलोभन देखाएर लेबनान पठाउने आश्वासन दिएका थिए ।
त्यसपछि वीरगन्ज हुँदै भारतको उनीहरूले सहिदनगर पुर्याएर एक–एक लाख रुपैयाँमा बिक्री गरेर यौन धन्दामा लगाएका थिए । सोही अरोपमा उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ३० वर्ष र ६० वर्ष कैद सजाय तोकेको थियो ।
सिआईबीका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) होविन्द्र बोगटीका अनुसार २०७८ मा सुनारलाई ३० वर्ष र लामालाई ६० वर्ष कैद सजाय तोकिएको थियो । त्यसयता फरार रहेका उनीहरुलाई प्रहरीले लामो समयपछि पक्राउ गर्न सफल भएको हो ।
