काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा तार्केश्वर नगरपालिका ६ बस्ने २७ वर्षीय प्रशान्तजङ कार्की र बूढानीलकण्ठ नगरपालिका २ बस्ने राजु गुरुङ रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ परेकाहरूले चैत १३ गते राति ९ बजेदेखि १० बजेको समयमा ट्याक्सी चालकलाई कुटपिट गरी लुटपाट गरेका थिए ।
उनीहरूले बूढानीलकण्ठ नगरपालका-१२ कपन दुर्गामन्दिर नजिकबाट बा २ ज ३५९८ नम्बरको ट्याक्सी चालकलाई कुटपिट गरी वान प्लस ७ टी मोबाइल, ब्लुबुक, एचपी १५ ल्यापटप एक, रातो कलरको वालेट एक तथा नगद १८ हजार रुपैयाँ लुटपाट गरेका प्रहरीले जनाएको छ ।
उनीहरूलाई बसुन्धारा चोकबाट पक्राउ गरेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
