Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । लुम्बिनी विकास कोषको गाडी दुरुपयोग भएको भन्दै स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । शुक्रवार साँझ लु १ झ ६९६ नम्बरको लुम्बिनी विकास कोषको गाडी पर्सा चोकबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लुम्बिनीलाई बुझाइएको हो । कोषको गाडी व्यापक दुरुपयोग भइरहेको स्थानीयको गुनासोपछि विभिन्न मागसहित आन्दोलनमा रहेको लुम्बिनी बचाउ महाअभियानका पदाधिकारी तथा सदस्यहरूले सो गाडी नियन्त्रणमा लिँदा गाडीमा सवार रहेका दुई जना र आन्दोलनकारी बिच सामान्य झडप समेत भएको थियो । कार्यालय समय सकिएको आधा घण्टापछि पनि सेतो नम्बर प्लेटको इलेकट्रोनिक गाडी गुडेको देखेपछि रोकेर सोधपुछ गर्ने क्रममा गाडी भित्रका एक जनाले आफू डिएसपी भएको रवाफ देखाउँदै गाडी…
काठमाडौं । प्रहरी प्रधान कार्यालयले पर्वतको जलजलामा दम्पती हत्या घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) लाई खटाउने निर्णय गरेको छ । स्थानीय प्रहरीले हत्याको अभियुक्तहरू पहिचान गर्न नसकेपछि मंगलबारदेखि सिआईबी टोली खटिन लागेको हो । दम्पत्तिको शव हत्यापश्चात एक साताअघि भेटिएको थियो । जलजला गाउँपालिका– २ मल्लाजनिवासी ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया श्रीमती गमला जिसी गत २० चैतम घरमै मृत अवस्थामा भेटिएका थिए । घटनास्थलका आधारमा प्रहरीले उनीहरूको हत्या भएको निष्कर्ष निकालेको छ । पेसेवर आपराधिक समूहबाटै हत्या भएको आधार देखिएपछि सिआईबी खटाउने निर्णय गरिएको प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ । हत्यापछि सुन र नगदसमेत लुटिएको थियो । एकान्तमा…
काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र खतम गर्ने राजावादीहरूको षड्यन्त्रलाई चकनाचुर पार्न सम्पूर्ण गणतन्त्रवादी शक्ति एक हुनुपर्ने बबताएका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले राष्ट्रिय प्रजातन्त्र पार्टीद्वारा आयोजित विरोध प्रदर्शनको क्रममा निषेधाज्ञालाई स्वीकार नगर्ने र त्यसलाई तोड्ने घोषणालाई जनमोर्चाले गम्भीर रूपमा लिएको बताएका हुन् । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आज विज्ञप्ति जारी गरी लामो संघर्षद्वारा स्थापित गणतन्त्र संविधान, धर्मनिरपेक्षतालाई खतम गरेर देशलाई प्रतिगमन तर्फ लैजानका लागि राजावादी शक्तिहरुले योजनाबद्ध ढंगबाट यो काम गरिरहेको जनाएका छन् । साथै उनीहरुको प्रतिगामी गतिविधिलाई भारतीय साम्राज्यवादले पनि समर्थन गर्दै आएको जनमोर्चाले आरोप लगाएको छ । अध्यक्ष केसीले जारी गरेको…
काठमाडौ । धरानको भेडेटारमा सब्जी बोक्ने गाडिबाट प्रहरीले ५ सय ४४ केजी गाँजा पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाँउपालीका-९ भेडेटार चौकबाट मिनिट्रकमा लोड गरेर राखेको अवस्थामा ठुलो परिमाणको लागुऔषध गाँजा प्रहरीले बरामद गरेको हो । सब्जी बोक्ने मिनिट्रकमा लागुऔषध गाँजाको ओसारपसार भइरहेको भन्ने विशेष सूचना पाएपछि प्रहरी सजग भएको थियो । आइतबार राती पौने ८ बजे इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख प्रहरी नायब निरीक्षक जीवन कार्की नेतृत्वको प्रहरी टोलीले भेडेटार चोकमा को १ ख ३२९४ नम्बरको मिनिट्रक रोकेर चेकजाँच गरेको थियो । चेकजाँचको क्रममा गाडीमा लोड भएको सब्जीको बोरा भित्र प्याक गरी लुकाई छिपाई राखेको ५४४ केजी लागुऔषध गाँजा…
काठमाडौ । धनगढी उपमहानगरपालिका-१ काे शिवनगरबाट १४ कार्टुन भाईब्रेट कण्डम बरामद भएको छ । प्रहरीले कण्डमसहित २५ वर्षीय पंकज चन्दलाई पक्राउ गरेको छ । चन्द सुत्ने काेठामा लुकाइछिपाइ राखेकाे अवस्थामा विशेष सूचनाका आधारमा कण्डम बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्र बाेहराले जानकारी दिए । बरामद गरिएको कण्डम र चन्दलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय काेहलपुरकाे जिम्मा लगाइएको छ । चिनबाट आयात हुने उक्त कण्डम कैलाली हुँदै भारततर्फ सप्लाई हुने गरेकाे छ ।
काठमाडौं । गाँजासहित कार चालकलाई पोखराबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कार चालक गोरखाको सुलिकोट गाउँपालिका–४ घर भएका २४ वर्षीय मदन नेपाली छन् । जिल्ला इलाका प्रहरी कार्यालय शिसुवा कास्कीबाट खटिएको प्रहरी टोलीले उनलाई पोखराको तालचोकबाट शनिबार बिहान पौन ३ बजेतिर पक्राउ गरेको हो । ग १ च ५१३२ नम्बरको कारको डिकीभित्र रातो प्लाष्टिकमा पोकामा बनाएर उनले गाँजा ओसारेको आरोप लागेको छ । नेपालीले चलाएको कारबाट प्रहरीले ९ किलो ८ सय ग्राम गाँजा बरामद गरेको छ । पक्राउ परेका चालक नेपालीमाथि लागु औषध सम्बन्धी मुद्दामा १० दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित एपिएफ अस्पतालको गोदाममा आगलागी भएको छ । करिब २० मिनेट अघिबाट आगलागी भएको हो । आगलागी नियन्त्रणका लागि बोलाइएको दमकल अझै पुगेको छैन । गोदामबाट ठूलो मूस्लोसहित धुँवा निस्किएको छ ।
कास्की । घाँटीमा लगाएको सुनको सिक्री लुटेर भाग्ने क्रममा २ जना महिलालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत रक्सौल घर बताउने ४० वर्षीया गीता हरिजन र ५५ वर्षीया खैरेनीया हरिजन रहेका छन् । पोखरा महानगरपालिका-९ नयाँबजारस्थित तनहुँ ब्यास नगरपालिका-३ घर भएकी ६० वर्षीया महिला गाडीबाट झर्ने क्रममा सोही गाडीमा आएका उनीहरूले पीडित महिलाले घाँटीमा लगाएको करिब १ तोलाको सुनको सिक्री लुटी भाग्ने क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले सिक्रीसहित उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौ । पुर्वखानेपानीमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । खान सवार बागमती प्रदेश बि एसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो । गाडीमा खान, उनका चालक र अन्य तीन जना सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरु सबै घाइते भएको र अवस्था सामान्य रहेको छ । गाडी चालक आलिम मन्सुरी हुन् । प्रहरीले के कसरी दुर्घटना भयो भनेर सोधपुछ गरिरहेको छ ।
काठमाडौ । क्यालिफोर्नियाको सान डिएगो क्षेत्रका लागि नेपाल सरकारका अवैतनिक महावाणिज्यदूत ऋषि पुन्नाखर ढकालको पदावधि ४ बर्ष थप गरिएको छ । नेपाल सरकारको मन्त्रिपरिषदको बैठकले ढकालको पदावधि थप गर्ने निर्णय गरेको थियो । ढकालको पदावधि थपिएको औपचारिक जानकारी दिइसकिएको छ । अब ढकालको पदावधि सन् २०२८ सम्म कायम रहनेछ । ढकाललाई नेपाल सरकारले पहिलोपटक सन् २०१३ मा अवैतनिक वाणिज्यदूत नियुक्त गरेको थियो । २०१५ मा अवैतनिक महावाणिज्यदूत नियुक्त गरिएकोमा अहिले त्यसैलाई निरन्तरता दिइएको हो । महावाणिज्यदूत ढकाल तैयारी पोशाक र हस्तकलाका वस्तु नेपालबाट अमेरिका आयातगर्ने एक अग्रणी व्यवसायीका रूपमा स्थापित छन् । संयुक्त राज्य अमेरिकाको पश्चिम तटीय राज्य क्यालिफोर्नियालाई आधार…