काठमाडौ । पुर्वखानेपानीमन्त्री अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ । खान सवार बागमती प्रदेश बि एसी २७३५ नम्बरको गाडी धादिङको कृष्णभिरमा दुर्घटनामा परेको हो ।
गाडीमा खान, उनका चालक र अन्य तीन जना सवार रहेको ट्राफिक प्रहरीले जनाएको छ । उनीहरु सबै घाइते भएको र अवस्था सामान्य रहेको छ ।
गाडी चालक आलिम मन्सुरी हुन् । प्रहरीले के कसरी दुर्घटना भयो भनेर सोधपुछ गरिरहेको छ ।
Facebook Comments Box
