Author: Scoop Khabar

काठमाडौ । सोमबार अपरान्ह झापामा प्रहरीले गोली हानी एकजना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले झापा गाउँपालिका-४ स्थित खैरबारी बस्ने बर्ष २५ को सरिफुल आलमलाई नियन्त्रणमा लिएको हो । करिब ६ बजेको समयमा झापा गाउँपालिका-३ कामाटोली स्थित अक्कल बहादुर बिश्वकर्माको घरको तेस्रो तल्लामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोली त्यहाँ पुगेको थियो । जहाँ आलमलाई नियन्त्रणमा लिन खोजेपछि आफ्नो साथमा रहेको दाउ र खुकुरी निकालेर प्रहरीमाथि आक्रमण गर्न खोज्दा प्रतिरक्षा स्वरुप प्रहरीले गोली चलाउन बाध्य भएको हो । गोली प्रहारबाट आलमको बाँया खुट्टाको तिघ्रा र…

थप

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको रुपमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराई हाजिर भई कार्यालयको पदभार ग्रहण गरेका छन् । सोमबार उनले कार्यालयमा हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । राष्ट्रिय सुुरक्षा परिषद सचिवालय सिंहदरबारमा कार्यरत रहेका भट्टराईलाई गृह मन्त्रालयले गत १३ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा सरुवा गरेको हो । यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान प्रमुखमा रहेका सोमेन्द्र सिंह राठौरको सरुवा भएपछि भट्टराईले अपराध अनुसन्धान कार्यालय प्रहरी प्रमुखको जिम्मेवारी पाएका हुन् । नेपाल प्रहरी संगठनमा राम्रो छबि बनाउका उनले यसअघि विभिन्न महत्वपुर्ण स्थानमा रहेर उल्लेख्य कार्य गरिसकेका छन् । विशेष गरेर अपराध अनुसन्धान सम्बन्धी राम्रो ज्ञान…

थप

काठमाडौं । गण्डकी प्रदेश प्रहरी कार्यालयको कमाण्ड प्रहरी नायब महानिरीक्षक (डिआईजी) दुर्गा सिंहले सम्हालेकी छन । सोमबार पोखरा पुगेकी सिंहले प्रदेशको प्रहरी कमाण्ड सम्हालेकी हुन् । यसअघिका डिआईजी विकासराज खनाल अनिवार्य अवकाशमा गएपछि सिंहलाई सरुवा गरेर गण्डकी प्रदेश पठाइएको थियो । सिंह उपत्यका प्रहरी रानीपोखरी काठमाडौंमा कार्यरत थिइन् । नेपाल सरकार, (माननीय उप(प्रधानमन्त्री तथा गृह मन्त्रीस्तर) को मिति २०८१ वैशाख १३ गतेको निर्णयानुसार सिंहको उपत्यका प्रहरी रानीपोखरी काठमाडौंबाट गण्डकी प्रदेश प्रहरी कार्यालय, हेटौंडामा सरुवा भएको हो । गण्डकी प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा भई गएकी डिआईजी सिंहलाई पोखरा उपत्यकामा रहेका प्रहरी कार्यालय प्रमुखहरुले पुष्पगुच्छासहित कार्यालयमा स्वागत गरिएको हो । पदभार…

थप

काठमाडौं । प्रहरीले झापामा लागुऔषध कारोबारीलाई पक्राउ गर्न गोली चलाएको छ । झापाको झापा गाउँपालिकास्थित कुमरखोदमा गोली हानेर प्रहरीले एक जनालाई पक्राउ गरेको हो । झापा प्रहरी प्रमुख एसपी मिलन केसीले लागुऔषध नियन्त्रण ब्यूरो र झापा प्रहरीको सयुक्त टोलीले गोली प्रहार गरि एक व्यक्तिलाई पक्राउ गरेको पुष्टि गरे । थप विवरण आउन बाँकी छ ।

थप

काठमाडौ । सिराहामा छिमेकीकी तीन वर्षीया छोरीको हत्या गरेको आरोपमा आमाछोरी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिराहा नगरपालिका-१८ जरूवा लक्ष्मीनिया टोल बस्ने ४७ वर्षीया सोना देवी यादव र उनकी छोरी पूजाकुमारी यादव रहेका छन् । सोनावतीकी श्रीमान् धनिकलाल यादव भने फरार छन् । छिमेकी रमेश यादवकी तीन वर्षीया छोरी रिया कुमारीको हत्या गरेको आरोपमा आमाछोरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ । गत वैशाख १२ गते बिहान १० बजेतिर घर अगाडि खेलिरहेकी रमेशकी छोरी रिया हराएकी थिइन् । खोजतलासको क्रममा गत वैशाख १४ गते राति साढे ११ बजे छिमेकी धनिकलाल यादवको घरको छतमा जाने भर्‍याङ नजिकै बालिकाको…

थप

काठमाडौं । अबदेखि गृह मन्त्रालय प्रवेशका लागि अनलाइनबाट पास पाइने भएको छ । गृह मन्त्रालयले आइतबार सूचना जारी गर्दै भोलि, सोमबारदेखि अनलाइनबाटै प्रवेश पास पाइने जनाएको हो । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सिंहदरबारपास डट जीओभी डट एनपीमा जानुपर्ने बताए । त्यसपछि क्यूआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृत भइसकेपछि मात्र ई–गेट पास जारी हुनेछ ।

थप

काठमाडौं । गत १ कात्तिक २०७१ मा म्याग्दीको साविक कुहु गाविसका ५ का समरबहादुर सार्कीले आफ्नै फुपुकी छोरी सुनमाया किसान (सार्की) को शव हत्या गरि शौचालयमा फाल्दिए । सुनमाया जेटिए थिइन् । उनी कीर्तिपुरस्थित कृषि कार्यालयमा काम गर्थिन् । जतिबेला सुनमायाको काठमाडौंको साविक सेतीदेवी गाविस तौथलीस्थित कृष्ठरोग आरोग्य आश्रममा हत्या भएको थियो । त्यसयता समरबहादुर प्रहरीलाई छलेर भाग्दै आइरहेका थिए । तर सुनमाया हत्याका आरोपी (समरबहादुर)लाई प्रहरीले ९ वर्षपछि पक्राउ गर्न सफल भएको छ । ४७ वर्षीय समरबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाल्नाखेल क्षेत्रबाट आइतबार पक्राउ गरेको हो । समरबहादुर फुपुकी छोरीको हत्या लगत्तै भारत पुगेका थिए ।…

थप

काठमाडौं । पर्सा प्रहरीले वीरगञ्जमा गोली चलाएको छ । प्रहरीको गोली लागेर काठमाडौंको गोठाटारमा मारिएका लाल मोहम्मद हत्यामा संलग्न भनिएका एक आरोपी घाइते भएका छन् । घाइते हुनेमा भारतीय नागरिक बब्लु पासवान छन् । उनको साथबाट प्रहरीले लागूऔषध ब्राउन सुगर र पेस्तोल समेत बरामद गरेको पर्साका एसपी कुमोध ढुंगेलले बताए । पासवान नेपाल छिरेको भन्ने सूचनाका आधारमा खोजी गरिरहेको अवस्थामा प्रहरीसँग जम्काभेट भएपछि उनले आक्रमण गर्न खोजेको एसपी ढुंगेल बताउँछन् । त्यसक्रममा गोली हानेर उनलाई नियन्त्रणमा लिइएको ढुंगेलले बताए । देब्रे खुट्टामा गोली लागेका उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ । गत ३ असोज २०७९ मा काठमाडौंको गोठाटारमा अज्ञात समूहको…

थप

काठमाडौं । उच्च अदालत विराटनगरले सिद्धबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणी मुद्दामा गिरीलाई नै झिकाउन आदेश दिएको छ । न्यायाधीश श्रीधराकुमारी पुडासैनी र नरेशकुमार चौधरीको इजलासले शुक्रबार प्रतिवादी झिकाउने आदेश गरेको हो । जिल्ला अदालत सुनसरीले गिरीलाई सफाइ दिएपछि त्यसविरुद्ध उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएको थियो । सो पुनरावेदन निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले शुक्रबार मुद्दाका प्रत्यर्थी अर्थात गिरीलाई अदालतमा बोलाउने आदेश गरेको हो। उच्च अदालत रजिष्ट्रार जगदिशप्रसाद भट्टका अनुसार अदालतको आदेशपछि अब प्रतिवादीका नाममा म्याद जारी हुनेछ । ४ कात्तिक २०७६ राति सुनसरीको चतरास्थित आश्रममा गिरीले आफूलाई जबर्जस्ती करणी गरेको दाबीसहित एक अनुयायीले प्रहरीमा जाहेरी…

थप

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा सरुवा भएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बसन्त रजौरेले आज काठमाडौं प्रहरी प्रमुखको कमाण्ड सम्हालेका छन् । एसएसपी रजौरेले कमाण्ड सम्हाले लगत्तै मातहतका निकायलाई कडा ब्रिफिङ गरेका थिए । काठमाडौंको शान्ति सुरक्षाका लागि आफूले कुनै कसर बाँकी नराख्ने उनले स्कुपखबरसँगको कुराकानीमा उनले बताए ।

थप