काठमाडौं । गत १ कात्तिक २०७१ मा म्याग्दीको साविक कुहु गाविसका ५ का समरबहादुर सार्कीले आफ्नै फुपुकी छोरी सुनमाया किसान (सार्की) को शव हत्या गरि शौचालयमा फाल्दिए ।
सुनमाया जेटिए थिइन् । उनी कीर्तिपुरस्थित कृषि कार्यालयमा काम गर्थिन् ।
जतिबेला सुनमायाको काठमाडौंको साविक सेतीदेवी गाविस तौथलीस्थित कृष्ठरोग आरोग्य आश्रममा हत्या भएको थियो । त्यसयता समरबहादुर प्रहरीलाई छलेर भाग्दै आइरहेका थिए ।
तर सुनमाया हत्याका आरोपी (समरबहादुर)लाई प्रहरीले ९ वर्षपछि पक्राउ गर्न सफल भएको छ । ४७ वर्षीय समरबहादुरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले चाल्नाखेल क्षेत्रबाट आइतबार पक्राउ गरेको हो ।
समरबहादुर फुपुकी छोरीको हत्या लगत्तै भारत पुगेका थिए । पछिल्लो समय भारतको पन्जाबमा बस्दै आएका उनी नेपाल आएको भन्ने सूचनाका आधारमा पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए ।
समरबहादुर बुवा गंगाबहादुर तथा सुनमायाकी मामा कुष्ट रोग लागेका कारण कृष्ठरोग आरोग्य आश्रममा बस्दै आएका थिए । ढुंगे अड्डामा ज्यामी काम गर्ने समरबहादुर घटना हुने अघिल्लो दिन बुवा भेट्न भनेर आरोग्य आश्रममा पुगेका थिए ।
सोही बेला सुनमाया पनि मामालाई भेट्न भनेर पुगेकी थिइन् । त्यतिबेला गंगाबहादुर बाहिर गएकाले उनीहरु दुई जना मात्रै कोठामा थिए । आरोग्य आश्रममा राति सुत्ने क्रममा विभिन्न केटाहरुसँग फोनमा बोलेको भन्दै सुनमाया र समरबीच विवाद भएको सोही क्रममा समरले हत्या गरेको खुलेको अनुसन्धान अधिकृत डीएसपी सुरक्षा केसीले बताइन् ।
ठूलो स्वरमा बोलेको भन्दै समरले सुनमायाको मोबाइल समेत फालेका थिए । त्यसपछि विवादले झनै उग्र रुप लिएपछि सुनमायाले हसियाँले प्रहार गर्दा समरको औलामा चोट लागेको थियो । हसियाँ खोस्नदे क्रममा सुनमायाले समरको हात समेत टोकिदिएको अनुसन्धान अधिकृत केसीले बताइन् ।
समरले धकेलेपछि सुनमायाको टाउको खाटमा ठोक्किदा उनी बेहोस भएकी थिइन् । आधा घण्टासम्म पनि सुनमायाको होस नआएसपछि समरले हातले सुनमायाको घाँटी थिचेर हत्या गरेको खुलेको डीएसपी केसीले बताइन् ।
हत्यापछि शवलाई शौचालयमा राखेर उनी भारतको सिलोङ्गो भन्ने ठाउँ पुगेका थिए ।
