Author: Scoop Khabar

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर भोलि अर्थात बुधबार स्वदेश फर्किदैँछन् । आईजीपी कुँवर स्वदेश फर्कनासाथ प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाको तयारी अघि बढ्नेछ । बढुवाको लागि चार टोली २०५१, २०५२, २०५३ र २०५४ को प्रतिस्पर्धामा छ । प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) कृष्णहरि शर्मा पोखरेल पहिलो नम्बरमा छन् । उनी २०५३ को टोली हुन् । त्यस्तै भोला रावल, ध्रुवराज राउत र गणेश चन्द पनि डिआईजी बढुवाको प्रतिस्पर्धी हुन् । उनीहरु हालका आईजीपी कुँवरका ब्याचमेट हुन् । उनीहरु २०५१ सालमा प्रहरी सेवामा प्रवेश गरेका अधिकृत हुन् । त्यस्तै २०५३ का टोलीहरु सिद्धि विक्रम शाह, सुशिल सिंह राठौर र उमा…

थप

काठमाडौ । २७ अप्रिलमा अलिना पुन मगर पनि हङकङ प्रहरीमा भर्ना भएकी छन् । यसअघि पहिले मीरा पुन मगर हङकङ प्रहरीमा भर्ना भएकी थिइन् । हङकङ प्रहरीमा भर्ना हुने पहिलो र दोस्रो नेपाली महिला एकै परिवारका दिदीबहिनी हुन् । मिरा हङकङ प्रहरीमा सेवामा प्रवेश गर्ने पहिलो नेपाली महिला हुन् भने अलिना दोस्रो नेपाली महिला हुन् । हङकङ प्रहरीमा नेपालीहरू यसअघिदेखि नै रहेका भए पनि महिलाको रुपमा यी दुई चेलीले भने पहिलो पटक डेब्यु गरेका हुन् । उनीहरूको पुख्र्यौली थलो नेपालमा अन्नपूर्ण गाउँपालिका–५, पाउदुआरसिख म्याग्दी हो। उनीहरू नेपालीको बाक्लो बसोबास रहेको याउचिमोङ, युनलोङ क्षेत्रमा हङकङ प्रहरीले सञ्चालन गरेको ‘हिमालय प्रोजेक्ट’ अन्तर्गत…

थप

काठमाडौ । चार दिनअघि कैलालीमा एक प्रहरी हवल्दारलाई एक दिन मात्रै थुनामा राखिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दारलाई थुनामै राखिएको पाइएको हो । जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सहायक हवल्दार गोकर्णराज जोशीलाई विभागीय अनुशासन नमानेको भन्दै एक दिन थुनामा राखिएको र थप कारबाही अगाडि बढाइएको हो । स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गर्ने गर्दथे भने जुवातास पनि खेल्ने गरेको बताइन्छ ।

थप

बारा । बाराको निजगढ नगरपालिका-१० स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ सय १६ किलोसहित जितपुरसिमरा उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना.५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

थप

काठमाडौ । चितवन प्रहरीले विभिन्न मितिहरुमा चोरी भएका तथा हराइएका मोबाइलहरुको खोजी गरेर सम्बन्धि मोबाइल धनीलाई हस्तान्तरण गरेको छ । हराएको विभिन्न कम्पनीका ४५ थान मोबाइलहरु फेला पारी आज (मंगलबार) सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरेको हो । एक महिनाको अवधिमा हराइएको ४५ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख (एसपी) भाबेश रिमालले जानकारी दिए । एसपी रिमालले भने, ‘चितवन जिल्लालगायत काठमाडौ, पर्सा, बारा, नवलपरासी, कास्की, रुपन्देही, महोत्तरीलगायतका जिल्लाहरूका अन्य व्यक्तिहरुले चलाइरहेको अवस्थामा हराएका तथा चोरी भएका ४५ थान मोबाइल फेला पारी सम्बन्धित व्यक्तिलाई बुझाएका हौ ।’ भेटिएको मोबाइलहरु iphone, Samsung, Redmi, Oppo, Vivo, Poco…

थप

काठमाडौं । सोमबार काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुखको रुपमा प्रहरी बरिस्ठ उपरीक्षक (एसएसपी) सानुराम भट्टराईले जिम्मेवार सम्हाले । उनले कमाण्ड सम्हालेको २४ घण्टा नबित्दै कार्यालयले दुई ठूलो काममा सफलता हात पारेको छ । एसएसपी भट्टराईले कमाण्ड सम्हालेको कार्यालयले विभिन्न प्रलोभन देखाएर विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका सदस्यहरूलाई पक्राउ गर्न सफल भएको छ भने अपहरण तथा शरीर बन्धक कार्यमा सलग्न व्यक्तिहरुलाई समेत कार्यालयले पक्राउ गरेको छ । विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका मुख्य अभियुक्त धादिङका रमेश बयलकोटी रहेको एसएसपी भट्टराईले बताए । पक्राउ पर्नेमा अर्का सञ्चालक कालिकोट छाप्रे–६ घर भएका दर्शन नेपाली छन् । उनीहरुले वैदेशिक रोजगारीको सिलसिलामा…

थप

इलाम । इलाम-२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा रास्वपा उम्मेदवार मिलन लिम्बूसहित १६ जनाको जमानत जफत भएको छ । रास्वपा उम्मेदवार लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको जमानत जफत भएको हो । आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ । इलाम-२ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ६८ हजार ४ सय ७२ मत सदर भएको थियो । त्यसअनुसार धरौटी जोगाउन कम्तीमा ६ हजार ८ सय ४७ मत ल्याउनुपर्थ्यो । रास्वपाका मिलन लिम्बूले ५…

थप

काठमाडौ । भोजपुरमा बोलेरो दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ । दुर्घटनामा आमचोक गाउँपालिका–१० पाङ्चाकी २७ वर्षीया रूना राई र सुनसरीको धरान उपमहानगरपालिका ५ की २६ वर्षीया शान्ति राईको मृत्यु भएको हो । बोलेरोमा सवार १४ जनामध्ये २ युवतीको मृत्यु भयो भने दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय भोजपुरले दिएको जानकारी अनुसार आमचोक गाउँपालिका–८ पारकुवा भन्ने ठाउँमा सोमबार को १ ज २६१७ नम्बरको बोलेरो सडकबाट दुई सयमिटर तल खसेर दुर्घटनामा परेको हो । आमचोकबाट भोजपुरकै पारकुवातर्फ जाँदै बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । उनले…

थप

कास्की । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा दुईजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार पक्राउ पर्नेमा शिक्षकहरू ३९ वर्षीय नारायण बास्तोला ३७ वर्षीय रामचन्द्र बास्तोला रहेका छन् । पोखराको फूलबारीस्थित शिवशक्ति माविमा परीक्षा सञ्चालन भइरहेका बेला उनीहरूले विद्युतीय माध्यमबाट प्रश्नपत्र आउट गरेको आरोप छ । उनीहरूलाई कक्षा १२ को आठवटा थप उत्तरपुस्तिका र तीनवटा मोबाइल फोनसहित पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ । दुवै जना सोही विद्यालयका शिक्षक हुन् । पक्राउ परेकाहरूमाथि शिक्षा ऐन २०२८, अन्तर्गतको कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद गीता बस्नेतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत नवलपुरले सांसद बस्नेतलाई सहकारी कसुरमा पक्राउ गर्न अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय कावासोतीसहितको छानबिनमा रकम हिनामिनामा सांसद बस्नेतको समेत संलग्नता रहेको खुलेको थियो । सांसद बस्नेत अहिले फरार रहेको र उनको खोजी कार्य जारी राखेको प्रहरीले जनाएको छ । सांसद बस्नेतले चितवनको सनसाइन सहकारीबाट २० करोड, बर्दियाको नमस्ते सहकारीबाट ७ करोड र नवलपुरको कावासोतीको छिपछिपे उपभोक्ता सहकारीबाट १ करोड भन्दा बढी रकम अपचलन गरेको अनुसन्धानमा खुलेको छ । सोही प्रकरणमा थप अनुसन्धान गर्न उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो…

थप