काठमाडौ । चार दिनअघि कैलालीमा एक प्रहरी हवल्दारलाई एक दिन मात्रै थुनामा राखिएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी सहायक हवल्दारलाई थुनामै राखिएको पाइएको हो ।
जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार सहायक हवल्दार गोकर्णराज जोशीलाई विभागीय अनुशासन नमानेको भन्दै एक दिन थुनामा राखिएको र थप कारबाही अगाडि बढाइएको हो ।
स्रोतका अनुसार उनले अत्यधिक मदिरा सेवन गर्ने गर्दथे भने जुवातास पनि खेल्ने गरेको बताइन्छ ।
Facebook Comments Box
