Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । गत २० जेठमा सुनसरीको धरान-१९ मा वडाका युवाहरूको साकेला नाच हेर्न गएको बेला एक समूहको कुटपिटबाट गम्भीर घाइते भएका १८ वर्षीय तान्सुहाङ लिम्बुको उपचारको क्रममा मृत्यु भएको छ । कुटपिटको घटनामा संलग्न भएको आशङ्कामा प्रहरीले ५ जना युवालाई पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीले बता । डिएसपी भण्डारीले भने’ ‘घटनाको कारण र प्रमाण नजुटेकाले हालसम्म दोषी को हो भन्ने कुराको पुष्टि भएको छैन ।’ डिएसपी भण्डारीका अनुसार नियन्त्रणमा लिइएकाहरूमा धरान-१९ का सुजन (गोपाल) विश्वकर्मा, दमक-२ का भुवन श्रेष्ठ, धरान-८ का समीर तामाङ, धरान-१६ का पुकार राई र धरान-१ का मनिष लिम्बु छन् । प्रहरीले…
काठमाडौं । नेपाली सेनाका पूर्वरथी नेपालभूषण चन्द प्रहरी छानविनमा तानिएका छन् । चन्द सञ्चालक रहेको एक कम्पनीको सुन तस्करी गर्ने चिनियाँ गिरोहसँग सम्पर्क देखिएपछि चन्द पनि छानविनमा तानिएका हुन् । उच्च प्रहरी स्रोतका अनुसार सजिलो पे नामक कम्पनीमा चन्दको लगानी रहेको छ । उनी कम्पनीको सञ्चालक समिति सदस्य समेत हुन् । सोही आधारमा चन्द पनि छानविनमा तानिएका हुन । सो कम्पनीले सुन तस्करीको पैसाको अवैध कारोबार गरेको छानविनमा खुलेको छ । प्रहरीले पूर्वरथी चन्दलाई पनि छानविनमा बोलाउने तयारी गरेको छ । हालसम्मको अनुसन्धानमा उनको प्रत्यक्ष संलग्नता नदेखिए पनि सुन तस्करी जस्तो धन्दामा संलग्नहरूलाई सघाएको देखिएपछि चन्द समस्यामा परेका हुन् ।…
काठमाडौ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्र कुबेर खापुङले प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका छन् । सोमबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज आयोजित एक कार्यक्रमका विच डिआईजी खापुङले निर्देशन दिएका हुन् । उनले प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा समय समयमा उद्दार अभ्यास गराउन समेत निर्देशन दिएका छन् । एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्न र बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्न जिल्ला प्रहरी प्रमुखहरुलाई उनको निर्देशन थियो । उनले प्रहरी कार्यलयमा पिरमार्का लिएर आउने जो…
काठमाडौं । युनाइेट पिपुल ग्लोब (युपीजी) विश्वव्यापी परिवर्तनकर्ताहरुसँग अझ निकट भएर काम गर्दै आएको छ । विश्वलाई अझ परिस्तकृत बनाउन र संस्कृतिदेखि क्षमतासम्म आदानप्रदान गर्दै सकारात्मक परिवर्नतका लागि युपीजीले विश्व समुदायलाई प्रोत्साहन गर्दै आएको छ । जसकारण समाजका अगुवाहरु तथा परिवर्तनकर्ताहरु जोडिएर युपीजीले काम गर्दै आएको छ । युपीजीले सकारात्मक परिवर्तनको बारेमा समाजका अग्रजहरुलाई जोडेर र यसले पारस्परिक सहयोग गर्दै आएको छ । युपीजीले परिवर्तनकर्ताहरुको एउटा नेटवर्क हो । यसले परिवर्तनकर्ताहरूको नेटवर्क सिर्जना गर्दछ, जसका कारण विचार तथा प्रेरणाहरु आदानप्रदान हुने गर्छन् । समुदायको यो भावनाले विश्वव्यापी सकारात्मक परिर्वतनमा महत्वपूर्ण प्रभाव पार्न सक्ने युपीजीले विश्वास लिएको छ । युपीजीको साझा…
काठमाडौ । कास्की प्रहरीले एक करोडभन्दा बढी मूल्यका सामान चोरी गर्ने दुई जनालाई पक्राउ गरि पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ । चोरीमा संलग्नको आरोपमा पोखरा महानगरपालिका- २२ का २१ वर्षीय नविन नेपाली र गोरखा घर भई पोखरा महानगरपालिका- ४ गैह्रापाटन बस्ने २९ वर्षीय सुवास थापा मगर पक्राउ परेका हुन् । उनीहरुले गत जेठ ११ गते पोखरा महानगरपालिका- १७ घारिपाटनमा बस्दै आएका लक्ष्मीकान्त शर्मा र सोही घरमा डेरा गरी बस्ने कृष्ण पौडेलको घरको ढोका फुटाएर ४२ तोला सुनका गहना, मोबाइल, ल्यापटप, क्यामेरालगायत सामान चोरी गरेका थिए । त्यस्तै नगद ३ लाख ८० हजार समेत चोरी गरेका थिए । जिल्ला प्रहरी कार्यालय…
महोत्तरी । महोत्तरीमा लुटेराहरुको एक समुहले गोली प्रहार गरेको छ । सोमबार महोत्तरीको मरहा नदीमा मोटरसाइकलमा आएका ७/८ जनाको समूहले लुटपाटको प्रयास गर्दै गोली प्रहार गरेको हो । गोली प्रहाबरबाट गौशाला नगरपालिका-११ का ३५ वर्षीय विनय कुमार महतो (मुरारी) घाइते भएका छन् । सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको बताइएको छ । महोत्तरी प्रहरीका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको छ ।
काठमाडौ । नेपाल राष्ट्रिय इन्जिनियर संगठन (एनईओएन) बागमती प्रदेशको अध्यक्षमा विश्वराम पराजुली निर्विरोध निर्वाचित भएका छन् । उनलाई नेपाल राष्ट्रिय इन्जिनियर संगठन बागमती प्रदेशको प्रथम सम्मेलनले सो पदमा निर्वाचित गरेको हो । त्यसैगरी, उपाध्यक्षमा सुजन लामिछाने र अर्जुन श्रेष्ठ, सचिवमा सुदर्शन कुमार मल्ल, सह-सचिवमा सुमन पोखरेल र प्रशान्त थापा र कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ पनि निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा वीरेन्द्रविक्रम लामा, अखिलेश यादव, नीता झाङ, अनुषा बोहरा, सरला केसी, विवेक मगर, सुरज पराजुली, सविन सिलवाल, भूमिनन्द ढकाल, रत्नेशकुमार चौधरी, माधव कँडेल, अंकित श्रेष्ठ, अनिल महर्जन, मनोज घिमिरे, मिथिला विहारी साह र गीता भट्ट निर्विरोध निर्वाचित भएका छन् ।
काठमाडौं । नेपाली सेनाले वीरगति प्राप्त तथा कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुको एकल महिला (श्रीमती) ले खाईपाई आएको मासिक कल्याणकारी निवृत्तिभरण रकम बढाएको छ । उक्त रकम गत वैशाख १ गते लागु भएको समारोह सञ्चालन निर्देशनालयले हालै जारी गरेको परिपत्रमा उल्लेख छ । निर्देशनालयले कार्यरथी विभागको जेठ २० गतेको पत्रको आधारमा मासिक पाँच सय रुपैयाँले निवृत्तिभरण रकम बढाइएको जानकारी दिएको छ । यसअघि वीरगति प्राप्तका एकल महिलाले मासिक तीन हजार पाँच सय रुपैयाँ प्राप्त गर्थे । अब यो रकम चार हजार रुपैयाँ पुगेको छ । त्यसैगरी कर्तव्यपालनका क्रममा मृत्यु भएकाहरुका एकल महिलाको खाइपाई आएको दुई हजार पाँच सय रुपैयाँमा पाँच सय…
काठमाडौं । भारतको उद्यमसिंह नगरस्थित नानकमत्तामा कञ्चनपुरका दुई जना युवा मृत भेटिएका छन्। महेन्द्रनगरका २२ वर्षीय सागर र १८ वर्षीय नीखिल मृत भेटिएका हुन् भने उनीहरुसँगै १९ वर्षीय सोहन घाइते अवस्थामा भेटिएका छन् । भारतीय प्रहरीका अनुसार उनीहरु तीनै जनालाई गम्भीर अवस्थामा एम्बुलेन्सले अस्पताल पुर्याएको थियो । उनीहरू सडक दुर्घटनामा परेको बताइएको छ ।
काठमाडौं । किक्रेटर सन्दीप लामिछाने टी-२० विश्वकपमा सहभागी हुने भएका छन् । उनी वेस्ट इन्डिज पुगिसकेको जनाइएको छ । उनलाई नेपाल किक्रेट संघ (क्यान)ले वेष्ट इण्डिजमा हुने खेलमा समावेश गरेसँगै उनी सोमबार बिहान वेस्ट इन्डिज पुगेका हुन् । नेपालले दोस्रो खेल जुन ११ मा श्रीलङ्कासँग अमेरिकाको फ्लोरिडामा खेल्नेछ । त्यसपछि नेपाल वेस्ट इन्डिजतर्फ लाग्नेछ । वेस्ट इन्डिजको भिन्सेन्टमा जुन १४ दक्षिण अफ्रिका र जुन १६ मा बङ्गलादेशसँग खेल्ने तालिका छ । वेस्ट इन्डिजमा हुने दुई खेलमा सन्दीपले नेपालबाट खेल्नेछन् । त्यसअघि नेपाल क्रिकेट संघ क्यानले एक विज्ञप्ति जारी गर्दै वेस्ट इन्डिजमा हुने खेलहरूमा सन्दीप समावेश हुने जानकारी गराएको हो ।…