काठमाडौं । भारतको उद्यमसिंह नगरस्थित नानकमत्तामा कञ्चनपुरका दुई जना युवा मृत भेटिएका छन्।
महेन्द्रनगरका २२ वर्षीय सागर र १८ वर्षीय नीखिल मृत भेटिएका हुन् भने उनीहरुसँगै १९ वर्षीय सोहन घाइते अवस्थामा भेटिएका छन् ।
भारतीय प्रहरीका अनुसार उनीहरु तीनै जनालाई गम्भीर अवस्थामा एम्बुलेन्सले अस्पताल पुर्याएको थियो । उनीहरू सडक दुर्घटनामा परेको बताइएको छ ।
Facebook Comments Box
