महोत्तरी । महोत्तरीमा लुटेराहरुको एक समुहले गोली प्रहार गरेको छ । सोमबार महोत्तरीको मरहा नदीमा मोटरसाइकलमा आएका ७/८ जनाको समूहले लुटपाटको प्रयास गर्दै गोली प्रहार गरेको हो ।
गोली प्रहाबरबाट गौशाला नगरपालिका-११ का ३५ वर्षीय विनय कुमार महतो (मुरारी) घाइते भएका छन् । सो क्रममा महतो प्रतिकारमा उत्रिएपछि सो समूहले गोली प्रहार गरेको बताइएको छ ।
महोत्तरी प्रहरीका अनुसार उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान थालेको छ ।
Facebook Comments Box