काठमाडौ । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) चन्द्र कुबेर खापुङले प्रदेश अन्तर्गतका १४ वटै जिल्ला प्रहरी प्रमुखहरुलाई आवश्यक निर्देशन दिएका छन् ।
सोमबार कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सभाहलमा आज आयोजित एक कार्यक्रमका विच डिआईजी खापुङले निर्देशन दिएका हुन् ।
उनले प्राकृतिक प्रकोप तथा विपद व्यवस्थापनको लागि चाहिने उद्धारका सामग्री सहित प्रहरी जनशक्तिलाई तयारी अवस्थामा राख्न तथा समय समयमा उद्दार अभ्यास गराउन समेत निर्देशन दिएका छन् ।
एक आपसमा भएका असल अभ्यासको आदान प्रदान गर्न र बिगतमा भएका कमि कमजोरीहरुबाट पाठ समेत सिक्न जिल्ला प्रहरी प्रमुखहरुलाई उनको निर्देशन थियो ।
उनले प्रहरी कार्यलयमा पिरमार्का लिएर आउने जो कोही सेवा ग्राहीहरुलाई समान व्यवहार गर्नुका साथै प्रहरी कार्यालयबाट सेवा लिएर फर्किदा नैराश्यता लिएर फर्किनु नपर्ने वातावरण सिर्जना गर्न उपस्थित सम्पुर्ण जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिए ।
साथै जिल्लाहरुको वर्तमान शान्ति सुरक्षाको अवस्था अनुसार प्रहरी परिचालन, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण, आर्थिक अनुशासन र पारदर्शिता, मानवअधिकार संरक्षण गर्नुका साथै निरन्तररुपमा सचेतनामुलक कार्यक्रमहरु संचालन गर्न आग्रह गरे ।
उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जयराज सापकोटा तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।