Author: Scoop Khabar

काठमाडौ । बारा जिल्लाको आदर्श कोतवाल नगरपालिका- ३ मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल-२ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो । गोली लागि बयोधा अस्पताल विरगन्जमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए । गत बर्ष कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ बर्षिय गुड्‍डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो…

थप

काठमाडौ । वर्षौँको प्रयासपछि अन्ततः नेपाल प्रहरीमा स्टाफ कलेज सुरु हुने भएको छ । प्रहरी महानिरीक्षक नेतृत्वको नीति समन्वय समिति (पिसिसी) बैठकले यससम्बन्धी प्रस्ताव गत साता स्वीकृत गरी असारदेखि नै यसलाई कार्यान्वयनमा लैजाने तयारी गरेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उमेशराज जोशी नेतृत्वको समितिले बनाएको प्रतिवेदन गत शुक्रबार प्रहरीको नीति समन्वय समितिमा प्रस्तुत भएको थियो । समितिले प्रस्ताव स्वीकृत गरेपछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानले कार्यान्वयनको तयारी अघि बढाइसकेको छ । समितिले समन्वय समितिको बैठकमा आएका सुझावलाई समेत समेटेर केही दिनभित्रै प्रतिवेदन बुझाउँदैछ । प्रतिवेदनमा असारभित्रै पुलिस साइन्स संकाय स्थापना गर्ने उल्लेख छ । मास्टर इन पुलिस साइन्स (एमपिएस) कोर्सका रूपमा स्टाफ कलेज लागू हुन लागेको…

थप

काठमाडौ । झापाको शिवसताक्षी नगरपालिका-३ भोटेपुलमा आज बिहान एकै घरमा दुई बालकसहित तीनजना मृत फेला परेका छन् । सुजन बेस्राकी श्रीमती २५ वर्षीया अन्जली बेस्रा, उनका छोराहरु ९ वर्षका बिशाल र ३० महिनाका आयुष मृत फेला परेका हुन् । अन्जली झुन्डिएको अबस्थामा फेला परेकी छन् । आफ्ना दुई छोरालाई विष सेवन गराई हत्या गरेपछि उनले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । प्रहरी टोलीले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको छ । सुजन बेस्रा वैदेशिक रोजगारीमा रहेको बताइएको छ ।

थप

ताप्लेजुङ । ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा पहिरोले पुरिएर एकै परिवारका चार जनाले ज्यान गुमाएका छन् । फक्तालुङ–२ खेजेनिममा गए राति खसेको पहिरोमा परेर गाउँपालिका उपाध्यक्ष रविन साम्रा लिम्बूका बाबु, आमा र जुम्ल्याहा बहिनीहरुको मृत्यु भएको हो । फक्ताङलुङ–२ खेजेनिममा राति घर माथिबाट पहिरो खस्दा उनीहरूको ज्यान गएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । पहिरोमा परेर बुबा ७१ वर्षीय रामबहादुर लिम्बू, आमा जसमाया लिम्बू र बहिनीहरु १२ वर्षीया गंगा लिम्बू र जमुना लिम्बूको ज्यान गएको हो । जसमाया गाउँपालिका उपाध्यक्ष रविनकी कान्छी आमा रहेको जनाइएको छ । उपाध्यक्ष लिम्बू भने घर बाहिर रहेकाले जोगिएको गाउँपालिका अध्यक्ष राजन लिम्बूले जानकारी दिए ।…

थप

काठमाडौं । युरोपेली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता युरो–२०२४ आजबाट सुरु हुँदैछ र त्यसको पहिलो खेलमा भिड्नेछन्, आयोजक जर्मनी र स्कटल्यान्ड । पहिलो पटक नकआउट चरणमा पुग्ने उद्देश्यसहित मैदानमा उत्रने स्कटल्याण्डको लागि आफ्नै देशमा हुने युरो कपको उपाधि जित्ने लक्ष्य बोकेको जर्मनीबीचको उद्घाटन खेल रोचक हुने अनुमान गरिएको छ । यस समूहमा ‘ए’ हंगेरी र स्विजरल्यान्ड पनि छन् । यो पटकको युरोमा आयोजक जर्मन सङ्गै फ्रान्स र इङ्ल्याण्डलाइ उपाधीको दाबेदारको रुपमा हेरिएको छ ।

थप

कैलाली । कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किए ११ वटा खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरी पुरस्कृत भएका छन् । उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो । यही जेठ २७ गते जिल्ला अछाम, पञ्चदेवल नगरपालिका, वडा नं. ९ चिल्तडा स्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए । असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका…

थप

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकमा राजनीतिक परिवर्तन भइसकेको बताएका छन् । आज राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेललले देशमा राजनीतिक परिवर्तन भइसकेकाले त्यसको जगमा समृद्धिको लक्ष्य हासिल गर्न बलियो राष्ट्रिय शक्ति निर्माणमा सघाउन संस्कृतिकर्मीलाई आग्रह गरेका हुन् । राजनीतिक परिवर्तन भएपछि सबै कुरा पुग्यो भनेर बस्न नहुने उल्लेख गर्दै उनले राजनीतिक परिवर्तन माध्यममात्र भएको र आफूहरुको लक्ष्य समृद्धि र समाजवाद भएको स्पष्ट पारे । अहिले समाजमा एक प्रकारको अन्योल पनि सृजना भएको र लोकप्रियतावाद हावी भएर गम्भीर विषयले महत्व नपाएको स्थिति रहेको उनको भनाइ छ । यस अवस्थामा स्रष्टा र कलाकारले…

थप

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरललाई हटाएर नयाँ प्रहरी महानिरीक्षक बनाउने खेलमा केही प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लागेको खबर सार्वजनिक भएको छ । तीसवर्षे सेवा अवधिका कारण आगामी चैत १० गतेदेखि सेवानिवृत्त हुन लागेका कुँवरलाई हटाएर आफू आईजी बन्ने खेलमा एआईजी श्यामलाल ज्ञवाली लागेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, गृहमन्त्री रवि लामिछाने र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भए/नभएको कुरा लगाएर आफू आईजीपी बन्ने रणनीतिक योजना एआईजी ज्ञवालीले बनाएका थिए । एआईजी ज्ञवालीको यस्तो इच्छा पूरा गराउन केही व्यापारीहरु पनि निकै सक्रिय भएका थिए । जसको लागि ज्ञवालीले पछिल्लोसमय दरबारमार्गस्थित एक होटलमा नेकपा, कांग्रेस र माओवादीका…

थप

काठमाडौं । कैलाली प्रहरीले धनगढीका २ होटलमा छापा हानेको छ। धनगढी उपमहानगरपालिका-२ धनगढी गाउँस्थित छाया होटल र चौराहस्थित बुढीनन्दा होटलमा छापा हानेको हो । हिजो (बुधबार) वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा ती होटलबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छाया होटल धनगढी गाउँकी सञ्चालक ४० वर्षीया शुशीला चौधरी र उनको होटलमा यौनव्यापारमा संलग्न युवती ३२ वर्षीया निर्मला चौधरी रहेकी छन् । यस्तै बुढीनन्दा होटलकी साहुनी रिता जोशी र सो होटलमा कार्यरत २२ रिया मगरलाई प्रहरीले पक्राउ गरेको हो । अहिले सो सम्बन्धि थप अनुसन्धान भइरहेको…

थप

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्‍वास र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिएका छन् । हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्दै आईजीपी कुँवरले दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिएका हुन् । संगठनलाई केन्द्रमा राखेर संगठनको वृहत्तर हितका लागि आग्रह पूर्वाग्रह भन्दा माथि उठेर गरिएको सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिवद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढिकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्‍वस्त रहेको उनले उल्लेख गरे । नेपाल सरकार उपप्रधानमन्त्री एवम्…

थप