काठमाडौं । कैलाली प्रहरीले धनगढीका २ होटलमा छापा हानेको छ। धनगढी उपमहानगरपालिका-२ धनगढी गाउँस्थित छाया होटल र चौराहस्थित बुढीनन्दा होटलमा छापा हानेको हो ।
हिजो (बुधबार) वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) जनकराज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा ती होटलबाट अनैतिक क्रियाकलापमा संलग्न ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा छाया होटल धनगढी गाउँकी सञ्चालक ४० वर्षीया शुशीला चौधरी र उनको होटलमा यौनव्यापारमा संलग्न युवती ३२ वर्षीया निर्मला चौधरी रहेकी छन् । यस्तै बुढीनन्दा होटलकी साहुनी रिता जोशी र सो होटलमा कार्यरत २२ रिया मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
अहिले सो सम्बन्धि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box
