काठमाडौ । बारा जिल्लाको आदर्श कोतवाल नगरपालिका- ३ मा अज्ञात समूहद्वारा गोली प्रहार गरि क्याम्पस प्रमुखको हत्या गरेको छ । शुक्रबार गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख आदर्श कोतवाल-२ खजुरिया टोल बस्ने हरी भूषण कुशवाहाको मृत्यु भएको हो ।
गोली लागि बयोधा अस्पताल विरगन्जमा गम्भीर अवस्थामा उपचारका क्रममा उनको केहिबेर अघि मृत्यु भएको प्रहरीले जनाएको छ । अनुसन्धान जारी रहेकाले विस्तृत विवरण आउन बाँकी रहेको बारा प्रहरी प्रवक्ता डीएसपी दधिराम न्यौपानेले बताए ।
गत बर्ष कात्तिक १३ गते बाराको कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल ३६ बर्षिय गुड्डु भनिने रुपेश सर्राफको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको थियो ।
बारामा गोली प्रहारका घटना यसअघि पनि हुँदै आएको थियो । जिल्लाको बरियारपुर तथा सिम्रौनगढमा भारतीय सुटरले नेपाल प्रवेश गरि गोली हानी व्यक्ति हत्या गरी भारत तिरै भागेका थिए ।
