Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
हेटौंडा । नाबालिकामाथि जबरजस्ती करणी गरेको आपरोपमा प्रहरी जवान पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरी चौकी भार्तामा कार्यरत प्रहरी जवान सन्तोष बोट रहेका छन् । १७ वर्षीया नाबालिकाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेपछि प्रहरी जवानलाई पक्राउ गरिएको हो । प्रहरी जवान बोटले ८ कक्षामा अध्ययनरत नाबालिकामाथि अन्तिम पटक जेठ ११ जबरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । नाबालिकालाई प्रेमको बहानामा पटक-पटक जबरजस्तीकरणी गरेको जाहेरीमा छ । नाबालिकाले १६ जेठमा जिल्ला प्रहरी कार्यालयमा आएर जाहेरी दर्ता गराएकी थिइन् । जाहेरीमा नाबालिकाले भार्ता प्रहरी चौकीको भान्सा कोठामा लगेर जवान बोटले पटक-पटक जबरजस्ती करणी गरेको उल्लेख गरेकी छन् । पक्राउ…
इन्गेजमन्ट गरेकी प्रेमिकाको बेवास्ता, ‘मर्छु’ भनेर भिडिओ कलपछि जवानले गरे गोली हानी आत्महत्या
काठमाडौं । संघीय संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानको प्रकरणमा जिल्ला प्रहरी परिसर काठमाडौले अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानबाट दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले प्रेमिकासँगको सम्बन्धमा खटपट आएको कारण आत्महत्या गरेको खुलेको छ । प्रेमिकासँग खटपट भएपछि उनले आफैंलाई गोली प्रहार गरेको खुलेको हो । गोले बुधबार बिहान संसद भवनको पश्चिमतर्फको २ नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत भेटिएका थिए । अहिले उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनास्थलमा ठड्याएको अवस्थामा गोलेको मोबाइल बरामद भएको छ । घटनास्थलमा भेटिएको मोबाइलबाटै गोलेले आफ्नी प्रेमिकाले वास्ता गर्न छाडेपछि आत्महत्या गरेको तथ्य…
अछाम । छाउगोठमा बसेकी एक किशोरी बलात्कृत भएकी छन् ।अछामको पञ्चदेवल विनायक नगरपालिका–२ मा छाउगोठमा बसेकी १६ वर्षीया एक किशोरी बलात्कृत भएकी हुन् । मामाघरमा बसेर पढिरहेकी किशोरी सोमबार मध्यराति आफ्नै नाता पर्नेबाट बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । उनी मंगलबार बिहान छाउगोठमै बेहोस् अवस्थामा भेटिएकी थिइन् । किशोरीलाई उद्दार गरेर अस्पताल लगिएको प्रहरीले जनाएको छ । जबरजस्तीकरणी गरेको आरोपमा १७ वर्षीय एक किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
काठमाडौँ । संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ । २२ वर्षीय प्रहरी जवान अजित गाेलेले दुई नम्बर गेटकाे शाैचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक समस्याको कारण गोली हानी आत्महत्या गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
वीरगन्ज । पर्सा प्रहरीले करिब दुई करोड रुपैयाँँ बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरुसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगञ्ज महानगरपालिका-२५ आईसिपी गेट स्थित सडकखण्डबाट ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरका ट्रक नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उपरीक्षक ढुंगेलले तीन वटा ट्रकमा लोड गरिएको सामानहरूको कुल मूल्य अन्दाजी दुई करोड २९ लाख ३९ हजार ६५७ रुपैयाँ रहेको जानकारी दिए । पक्राउ परेका हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको ढुंगेलले जानकारी दिए ।
सिरहा । सिरहाको लहान नगर क्षेत्रका बस्तीमा चोरी डकैतीको अफवाह फैलाएर त्रास फैलाउने काम नगर्न र भ्रममा नपर्न प्रहरीले आग्रह गरेको छ । गत वैशाख ३१ गते राति लहान नगरपालिका–१७ स्थित हरिपुरमा डाकाहरूको समूहले लुटपाट गरेपछि प्रतिकारमा उत्रिएका स्थानीयमध्ये पाँचजना घाइते भएका थिए । उक्त घटनाका केही आरोपितलाई पक्राउ गरी कारबाही गरिए पनि त्यही घटनालाई देखाएर समाजमा त्रास फैलाउने काम गरिएको भन्दै प्रहरीले सचेत गराएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक अविनाश अधिकारीले विज्ञप्ति जारी गरी समाजमा त्रास फैलाउने कार्यमा नलाग्न र त्यसबाट भयभित नहुन आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ, “केही समूह र व्यक्तिले विभिन्न स्थानमा…
काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् । उनीहरुले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
काठमाडौं । गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ । हरेक वर्ष आयोजना हुने विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका जान लागेका हुन् । गत वर्ष महानिरीक्षक कुँवरको अमेरिका भ्रमण तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अन्तिम चरणमा पुगेकाले भ्रमण रोकिएको थियो ।यसपटक गृहसचिव पनि जान लागेका हुन् । उनीहरुको भ्रमण एक साता लामो हुने गृह मन्त्रालयले जनाएको छ।
काठमाडौं । इलाम प्रहरीले कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।। पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका-९ जितपुर बस्ने बर्ष २१ को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान बस्ने बर्ष १७ को अशोक लिम्बु रहेका छन् । उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट…
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षकको सन्दर्भमा हाल कुनै परिवर्तन नहुने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘मैले अस्तिको दिन मात्रै तीनैजना आईजीपीहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्कसँग काम गर्नुस् भनिसकेको छु । त्यही गतिमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।’ उनले सरकारले ल्याएको नीति कार्यक्रम तथा बजेट जनता र राष्ट्रको पक्षमा रहेको बताए । बजेट समग्रमा सन्तोषजनक रहेको उनको भनाइ छ । ‘मलाई लाग्छ यो प्रतिनिधिसभाबाट पारित हुन्छ,’ उनले भने । सुशासन, न्याय र सामाजिक समृद्धिको क्षेत्रमा पनि थुप्रै सकारात्मक पहल भएको…