काठमाडौ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।
उनीहरुले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
Facebook Comments Box
