वीरगन्ज । पर्सा प्रहरीले करिब दुई करोड रुपैयाँँ बराबरको हार्डवेयर, कपडा तथा खुद्रा सामानहरुसहित ३ वटा ट्रक नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट वीरगञ्ज महानगरपालिका-२५ आईसिपी गेट स्थित सडकखण्डबाट ना.३ ख ६९०५, ना.३ ख ५१६७ र ना.३ ख २६२० नम्बरका ट्रक नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए ।
उपरीक्षक ढुंगेलले तीन वटा ट्रकमा लोड गरिएको सामानहरूको कुल मूल्य अन्दाजी दुई करोड २९ लाख ३९ हजार ६५७ रुपैयाँ रहेको जानकारी दिए ।
पक्राउ परेका हार्डवेयर, कपडा तथा खुद्रा सामानहरू आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको ढुंगेलले जानकारी दिए ।
Facebook Comments Box
