काठमाडौँ । संघीय संसद भवन भित्र कार्यरत नेपाल प्रहरीका एक जवानले आफैँलाई गोली हानी आत्महत्या गरेका छन् । उनले शाैचालयमा गोली हानेको स्राेतले बताएकाे छ ।
२२ वर्षीय प्रहरी जवान अजित गाेलेले दुई नम्बर गेटकाे शाैचालयमा आफूमाथि गोली हानी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा पारिवारिक समस्याको कारण गोली हानी आत्महत्या गरेको खुलेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
