Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Scoop Khabar
काठमाडौं । निमित्त प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताएका छन् । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा निमित्त आईजीपी थापाले यस्तो कुरा बताएका हुन् । निमित्त आईजीपी थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्दशन दिए । विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्दार कार्यमा खटिनुपर्ने उनले बताए । निमित्त आईजीपी थापाले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई…
काठमाडौ । कास्कीमा अविरल वर्षापछि पहिरोमा परेर दुई छुट्टाछुट्टै घटनामा एक बालक र एक बालिकाको मृत्यु भएको छ । उक्त घटनामा एकजना घाइते भएका छन् । कास्कीको मादी गाउँपालिका–५ चितेपानी घुम्तीमा गए राति पहिरोमा पुरिएर १३ वर्षीया आयुस्मा रानाभाटको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए । उक्त घटनामा ७० वर्षीया हजुरआमा लालमाया बन्जाराको उद्धार गरिएको छ । घटना घटेका बेला घरमा नातिनी र हजुरआमा मात्र रहेका थिए । इलाका प्रहरी कार्यालय शिशुवाको टोलीले लालमायाको उद्धार गरेको हो । यसैगरी गए राति नै पोखरा महानगरपालिका–२७ आरुपाटामा ३१ वर्षीय हरि सुनारको दुई कोठाको…
काठमाडौं । रास्ट्रसेवक नेपाल प्रहरीका कर्मचारीहरुले विगत २ महिनादेखि तलब पाउन सकेका छैनन् । अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा उनीहरुले तलब नपाएका हुन् । बैशाख र जेठ महिनाको तलब उनीहरुले नपाएका हुन् । जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकी टार्न समेत समस्या भएको प्रहरी कर्मचारीहरु बताउँछन् । देशभर सबै स्थानमा नभएपनि हजारौं प्रहरी कर्मचारीले तलब नपाएका हुन् । तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले तलब नियमित पाइरहेको दाबी गरे । नेपाल प्रहरीमा झण्डै ८० हजारको दरबन्दी छ । प्रहरीमा सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् भने आईजिपीले ७२ हजार ८२ रुपैयाँ प्राप्त गर्छन्…
सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा युवकको मृत्यु
वीरगन्ज । सिरहामा यौनशक्ति बढाउने औषधिको सेवन गरी प्रेमिकासँग शारीरिक सम्पर्क राख्दा एक युवकको मृत्यु भएको आशंका गरिएको छ । वैदेशिक रोजगारीबाट घर फर्किएकै दिन प्रेमिकासँग यौन सम्बन्ध राख्न होटेल पुगेका सिरहाको धनगढी नगरपालिका वडा नम्बर १० का ३२ वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । सिरहाका प्रहरी प्रमुख रमेश पण्डितले मृतकको शव पोस्टमार्टम तथा फरेन्सिक ल्याबमा परीक्षणका लागि पठाइएको जानकारी दिए । उनी सोमबार स्थानीय धनगढीमाइ होटेल एण्ड लजमा प्रेमिकासहित पुगेका थिए । ‘सेक्स पावर’ बढाउने औषधीको सेवनबाट उनको मृत्यु भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरीको भनाइ छ । मृतक सोमबार बिहान मात्रै मलेसियाबाट घर (सिरहा) फर्केका थिए ।…
गगन थापाको टिप्पणी- म जादुगर हो भनेको जस्तो गरी यताउति उफ्रिने काम प्रधानमन्त्रीलाई छोडिदिउँ
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टी निर्माणमा लाग्नुपर्ने बताएका छन् । काठमाडौंमा मंगलबार आयोजित नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकार अहिले चलाइरहेका राजनीतिक दलहरुलाई नै चलाउन छोडिदिएर कांग्रेसले आगामी निर्वाचनमा कम्तिमा सय सिट ल्याउने गरी लाग्न नेता/कार्यकर्ताहरुलाई आग्रह गरे । ‘यो सरकार जसले चलाइरहेको छ, यसलाई चलाउन दिउँ । एमाले, माओवादी, घण्टी-वन्टी, जो-जोले चलाएका छन्, चलाउन दिउँ । चलाउन् । सरकारतिर हामी हेर्दै नहेरौं । र यत्ति राम्रोसँग हामी पार्टी निर्माण गरौँ कि, पार्टीलाई स्वच्छ पनि पारौं, बलियो पनि बनाऔं । तलैबाट पार्टीको एकता पनि गरौं,’ उनले भने,…
काठमाडौँ । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ । विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ । सो अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै छ । समितिले आज बिहान काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।
रौतहट । नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले आइतबार राति एकथान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई सोमबार सार्वजनिक गरेको छ । उनको पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान थालेको छ । भारत बिहार सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल रामलाई एकथान घरेलु नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए । एसपी हुमागाईंका अनुसार गौर नगरपालिका-२ महादेवपट्टि छेउस्थित नेपाल-भारत सीमा स्तम्भ नजिक सशस्त्र प्रहरीको छड्के चेक प्वाइन्ट हुँदै आइतबार मध्यरातमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा रामलाई हतियारसहित पक्राउ गरेको हो । छड्के टोलीले रामले चलाएको मोटरसाइकल जाँच गर्दा…
काठमाडौ । नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीलाई केन्द्रीय प्रहरी सह-प्रवक्ता तोकिएको उक्त सचिवालयले सोमबार जनाएको छ । प्रहरी वरिष्ठ उपरीक्षक अधिकारीलाई ९८५१२९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।
काठमाडौं । प्रहरी नायव महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई अतिरिक्त महानिरीक्षक (एआईजी) बनाउने प्रस्ताव गरिएको छ । गृहमन्त्रालयका सचिव एकनारायण अर्याल संयोजक रहेको बढुवा सिफारिस समितिले सोमबार डीआईजी पोखरेललाई २ दिने एआईजी बढुवाका लागि सिफारिस गरेको हो । एआईजी बढुवा सिफारिस समितिमा गृहसचिव संयोजक हुन्छन् भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने व्यवस्था छ । उक्त समितिले २१ असारबाट अवकाशमा जान लागेका डीआईजी पोखरेललाई एआईजी बढुवाका लागि सिफारिस गरेको हो । यही असार १८ गते राति १२ बजेबाट एआईजी उमेशराज जोशी अनिवार्य अवकाशमा जाँदैछन् । ५६ वर्षे उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका जोशीको…
काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापालाई निमित्त प्रहरी महानिरीक्षक (आईजीपी)को जिम्मेवारी दिइएको छ । आईजीपी बसन्तबहादुर कुँवर यूएनकप्स समिटमा सहभागी हुन आज अमेरिका प्रस्थान गरेपछि थापालाई कार्यवाहकको जिम्मेवारी दिइएको हो । उनले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन् । गृहसचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ सम्म संचालन हुने चौथो युनाइटेड नेशन्स चिफ्स अफ पोलिस समिट (यूएनकप्स) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्की र…