काठमाडौँ । लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदै छ ।
विशेष गरेर बढ्दो लागुऔषध दुरुपयोग ओसारपसारलाई रोकथाम र नियन्त्रणमा जनचेतना फैलाई स्वास्थ्य जीवन जीउने वातावरण सिर्जनाका लागि हरेक वर्षको जुन २६ मा यो दिवस मनाउने गरिन्छ ।
सो अवसरमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखा मूल आयोजक समितिले विभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै छ ।
समितिले आज बिहान काठमाडौँमा प्रभात फेरी कार्यक्रम सम्पन्न गरेको छ ।
Facebook Comments Box
